जेठ ४ गते
गुठिचौर गाउँपालका-२ को झुलेनी भन्ने ठाउँमा चट्याङले लागेर २२ वटा भेडाबाख्रा मरेका छन् । शनिबार साँझ पाँच बजेतिर भेडाबाख्रा बास्थानतिर ल्याउने बेला चट्याङ पर्दा २२ वटा भेडाबाख्रा मरेका हुन् ।
गुठिगाउँका किसान हिर वहादुर ऐडिका १६ र धनकृष्ण रोकायाका ६ वटा भेडाबाख्रा चट्याङमा परि मरेको गुठिचौर–२ का स्थानीय बिरेन्द्र बोहराले जानकारी दिनुभयो । घरमा ल्याउन लागेको अवस्थामा चट्याङ परेको हो । ऐडिका ५१ वटा र रोकायाका ५० वटा भेडाबाख्रा छन् । घरखर्च भेडाबाख्राबाटै चल्ने गरको किसानले बताएका छन।
चट्याङमा परि भेडाबाख्रा मर्दा किसानहरु दुखि भएका छन् । गुठिगाउँमा रहेका १ सय ७५ घरधुरीका १ सय बढी परिवारले भेडाबख्रा पाल्ने गरेका छन् । गाउँमा करिब ३ हजार ५ सय लगभग भेडाबाख्रा रहेको बोहोराले बताउनुभयो । उहाँका अनुसार एउटै भेडाबाख्राको मुल्य कम्तिमा १० हजार देखि बढीमा २५ हजारसम्म पर्ने गरेको छ।
भेडाबाख्रा चट्याङबाट मरेपछि घर खर्च चलाउनमा समस्या भएको किसान्ले बताएका छन् । किसान हिर वहादुर ऐडिले भन्नुभयो, भेडा पालन पेशाबाट घर खर्च देखि छोराछोरीको पढाइ खर्च सहज रुपले चलेको बताउनुभयो । राहत र क्षतिपूर्तिका लागि सम्बन्धित निकायलाई सहयोगको लागि अनुरोध गर्नु भएको छ ।”
गुठिचौर २ का वडाध्यक्ष दिपवहादुर ऐडिले स्थानीय सरकारबाट हुने सहयोग गरिने जानकारी गराउनुभयो । वडामा रकम नभएकाले पालिकामा रहेको विपद् शाखामा कुरा राख्ने उहाँको भनाइ छ ।








