जुम्ला ३ जेष्ठ २०८२
नेकपा माओवादी केन्द्र जुम्लाले महासंकल्प कार्यक्रम गरेको छ । कार्यक्रम नेकपा माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीको प्रमुख आतिथ्यतामा गुठीचौर गाउपालिकाको धिताचौरमा बिहिवार सम्पन्न भएको हो । महासंकल्प कार्यक्रममा पार्टीका निर्वाचित जनप्रतिनिधि, भर्खरै जिल्लाका आठवटै स्थानीय तहमा भएको पार्टीको अधिवेशनबाट नेतृत्व प्राप्त गरेका नेता तथा पार्टीको जनवर्गीय संगठनमा आवद्ध प्रतिनिधिहरू र पार्टीभित्रका विभिन्न संगठनका प्रतिनिधिहरूलाई बधाई ज्ञापन, सम्मान तथा सहभोज कार्यक्रम सम्पन्न भएको छ। समाजमा रहेका विसंगति, विकृति हटाउने भन्ने सन्दर्भमा केही गर्नुपर्छ भन्ने एउटा साझा संकल्प, अठोट र त्यसका निम्तिका प्रयासहरु अगाडि बढाउने अवश्यक ठानेर कार्यक्रम गरिएको हो । त्यसकारण यो कार्यक्रमको आयोजना हुनु आफैँमा प्रशंसायोग्य छ।

नेकपा माओवादी केन्द्रले पार्टीको संगठनात्मक पुनर्निर्माण र जनतासँग माओवादी अभियान अन्र्तरगत ’विकास र समृद्धिको महासंकल्प’ गरेको हो । जनतासँग माओवादी अभियान, सांगठनिक सुदृढीकरण तथा सुशासन सरोकार (सांसु) कार्ययोजना अन्तर्गत माओवादी केन्द्र जुम्लाले विहिवार भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ। पार्टीका विभिन्न पदमा रहेका नेता तथा कार्यकतालाई प्रमाण पत्र बितरण, सम्मान, बधाई पाटीको लोगो वितरण गरिएको छ ।

आगामी दिनमा समाजवादको अभ्यास गर्ने उद्देश्यले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै जनतामुखि पाटि निमार्णमा जुट्ने माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारी वताएका छन् । जुम्ला विकास र समृद्धिमा जुट्न कार्यक्रम आयोजना गरिएको भण्डारिले वताउनुभयो । सामाजिक जनचेतना र अपहेलनाबाट मानिस प्रताडित मनलाई एकठाउँमा ल्याउन यो कार्यक्रमको आयोजना गरिएको उहाँको भनाई छ । पार्टीको आगामी रणनीति र संगठनात्मक पुनर्निर्माणका बारेमा छलफल भएको ईन्चार्ज भण्डारिले जानकारी दिनुभयो ।

पाटी सुदृढ र एकताबद्ध निर्माणको लागी महासंकल्प, सम्मान, वडा समितिका नवनिर्वाचित अध्यक्ष र सचिव देखी पालिका समितिका अध्यक्षहरुलाई बधाई ज्ञापन तथा सहभोजन कार्यक्रम सम्पन्न गरिएको हो । त्यस्तै माओवादी केन्द्र जुम्लाका संयोजक नवराज न्यौपानेले माओवादी केन्द्रको सहभोजले पार्टीका नेता र कार्यकर्ताहरू बीचको सम्बन्ध प्रगाड बनाउन महत्वपुर्ण भएको वताउनुभयो । सवैजना एकैसाथ गुठिचौर गाँउपालिका ५ को धिताचौरमा वसेर भोजन गरेर आपसी भाईचारा व्यवहार भएको वताउनुभयो । पाटि भित्रको आन्तरिक सम्बन्धलाइ बलियो बनाउन यो कार्यक्रमले मद्दत गरेको वताउनु भएको छ ।
त्यस्तै, गुठिचौर गाँउपालिका पाटि अध्यक्ष जितेन्द्र लामाले जुन काम कार्य चर्चा भएको छ, त्यो भन्दा बढि जुन बधाई र सफल कार्यकालको शुभकामनाले खुशि थपेको वताउनु भयो । उहाँले भनुभयो, पाटि बलियो वनाउन सबै लाग्न जरुरि रहेको छ । कार्यक्रमले विचारहरूको आदानप्रदान गर्ने र संगठनात्मक एकता कायम राख्ने अवसर प्रदान गरेको उहाँको भनाई छ । कार्यक्रमले माओवादी केन्द्रको संगठनात्मक मजबूती र समधुर सम्बन्ध कायम गर्नका लागी अवसर प्रदान गरेको दावी छ ।








