Thursday, November 5, 2026

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ ले भनिएको कार्यक्रम स्थगित भएको छ । बैशाख ३० गते अर्थात भाेली अध्यक्ष प्रचण्डको प्रमुख आतिथ्यतामा आयोजना गर्ने कार्यक्रम मौसम प्रतिकुलता कारणले स्थगित भएको नेकपा माओवादी केन्द्रका जुम्ला जिल्ला इन्चार्ज नरेश भण्डारीले जानकारी दिनु भयो ।

उनका अनुसार अहिले लाई स्थागित गरिएको कार्यक्रम अर्को मिति तय गरिने बताउनुभयो । उहाँले ” आवश्यक छलफलका गर्न पार्टी पालिका अध्यक्ष भन्दा माथिल्लो तहका नेता तथा वडा अध्यक्ष भन्दा माथिका जनप्रतिनिधिहरू लाई बैशाख ३० गते ११ बजे पार्टी कार्यालयमा उपस्थिति हुनका लागि अनुरोध गर्नु भएको छ ।

माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड’जुम्ला आउने कार्यक्रम कार्यब्यस्ताको कारण स्थागित भएको माओवादी केन्द्र जुम्लाले जानकारी दिएको छ ।