बैशाख २७
जुम्ला–रारा अल्ट्रा म्याराथनको छैटौँ संस्करण सुरु भएको छ । ५१ किलोमिटर दुरीको जुम्ला–रारा अल्ट्रा म्याराथन सुरु भएको हो । ५१ किमी,१० किमी र ५ किमी गरि तीन विद्या तर्फ म्याराथन प्रतियोगिता भएको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष सरोज शाहीले बताए ।

छैटौ संस्करणको म्याराथनमा देश विदेशका गरि ५ सय ९१ जना धावक सहभागी छन् । आजै भएको ५ किलोमिटर दौड अन्तरगतमा पुरूष तर्फ पदमराज धिताल प्रथम, दृतियमा नवीन चौधरी,तृतीयमा सरोज कटुवाल भएका छन् भने, महिला तर्फ विपना थारू प्रथम, दृतियमा सुनिता हमाल र तृतीयका सुनिता शाही भएकी छन् ।
यस्तै आज नै सम्पन्न भएको १० किलोमिटरमा पुरूष तर्फ प्रथम हरी बोहोरा, दृतियमा दिपेन्द्र बुढा र तृतीयमा महेन्द्र कठायत भएका छन् । यस्तै महिला तर्फ प्रथम संगीता बुढा, दृतिय सुरेशा बुढा र तृतीयमा हिमाली भण्डारीले जित हात पारेका छन् । ५ किलोमिटर १० किलोमिटरमा प्रथम,दृतिय र तृतीय हुने खेलाडीलाई मेडल, प्रमाणपत्र प्रदान गरिएको छ । आयोजक संस्था कर्णाली स्पोर्ट क्लबले जानकारी दिएको छ ।

खेलकूदका माध्यमबाट जुम्लालाई अन्तराष्ट्यि जगतमा चिनाउन जुम्ला–रारा अल्ट्राम्यारथन कोशेढुंगा सावित हुने अपेक्षा गरिएको छ । कर्णालीका हिमाल पहाडलाईलाई साहसिक खेल पर्यटनका रुपमा विकास गर्न र खेलकै माध्यमबाट कर्णालीलाई विश्वसामु चिनाउने जुम्ला–रारा म्याराथनको लक्ष्य रहेको कर्णाली स्पोर्ट क्लबका अध्यक्ष शाहीले वताउनुभयो ।
नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्य रारा ताल,ऐतिहासिक जुम्लाको पर्यटन प्रर्बद्वन गर्न म्याराथनले टेवा पुराएको छ । ५१ किमी दुरिका धावक दौडिरहेका छन् । १० किमी र ५ किमी दुरिको प्रतियोगितामा उत्कृष्ट स्थान हासिल गर्ने धावकलाई पुरस्कार वितरण केहीबेरमा गरिने समेत आयोजकले जानकारी दिएको छ ।








