नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन वाइसीएल नेपालको छैटौं सम्मेलन बुधबार सम्पन्न भएको छ। जुम्ला जिल्लाको छैटौं सम्मेलनबाट सर्वसम्मत खगेन्द्र कार्कीअध्यक्षमा चयन गरिएको छ । कार्कीको नेतृत्वमा ७१ सदस्य कमिटी चयन भएको हो । उपाध्यक्ष हरि बोहोरा, पुर्णा सुनार र तप्तराज जैशी चयन भएका छन ।
त्यस्तै, सचिव सत्यनारायण योगि, सह–सचिवहरूमा मान बहादुर कठायत,भागिरथी भण्डारी ,बिर्ख कामी ,बिनराज बुढा र खुल्ला सदस्य उल्लेख गर्न बाँकी रहेको छ ।
त्यस्तै कोषाध्यक्ष बिष्णु चन्द्र बिष्ट लगायत ७१ सदस्यीय कमिटीलाई चयन गरिएको छ । त्यस्तै वाइसेलको नयाँ कमिटी पार्टीको साङ्गठानिक सुदृढीकरण, युवा परिचालन, र सामाजिक बेथितिहरू विरुद्ध संघर्षमा सक्रिय भूमिका खेल्ने आशा ब्यक्त गरिएको छ ।
त्यस्तै, नव निर्वाचित अध्यक्ष खगेन्द्र कार्कीले वाइसेलले आगामी दिनमा माओवादी केन्द्रको संस्थागत संरचना स्थापित गर्न कटिबद्ध रहने बताउनुभयो । उहाँने संगठनको दिशानिर्देश स्पष्ट पार्न सहयोग पु¥याउने बताउनु भएको छ । अध्यक्ष कार्कीले कमिटिले जुम्लाका सामाजिक बेथितिविरुद्ध लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाजमा सकारात्मक परिवर्तन ल्याउनका लागी वाइसेल नेपालले अग्रपंक्तिमा रहेर काम गर्ने उहाँको भनाइ छ ।






