जुम्ला , जुम्लाकाे ताताेपानी गाउँपालिका र चन्दननाथ नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएकाे छ । दुई पालिकाबीच विकास निर्माण तथा सेवा प्रवाह लगायतका विषयमा आपसी समन्वय सहकार्य गर्ने उदेश्यले भगिनी सम्बन्ध जोडीएकाे हाे ।
आईतबार भगिनी सम्बन्धनकाे सम्झाैता पत्रका दुई पालिकाका प्रमुख तथा प्रशासकीय अधिकृत लगायतका व्यक्तिले हस्ताक्षर गरेका छन् ।
ताताेपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चाैलागाई प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत र चन्दननाथ नगरपालिकाका नगर प्रमुख राजुसिंह कठायत, प्रमुख प्रशासकीय अधिकृत टेक बहादुर बुढ्थापाले सम्झाैतापत्रमा हस्ताक्षर गरेका छन् ।
चन्दननाथ नगरपालिका जुम्ला र तातोपानी गाउँपालिका जुम्ला बिचमा स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २६ को खण्ड (ट) को कानुनी व्यवस्था बमोजिम अन्तर स्थानीय तह भगिनी सम्बन्ध स्थापना गरी आपसी समन्वय सहकार्य र साझेदारी मार्फत दुई पालिकाको बिचमा अनुभव आदान प्रदान गर्ने तथा साझा समन्वय बाट संस्थागत प्रणाली सुदृढीकरण तथा सवलिकरण गर्न दुवै पालिकाको निर्णयानुसार चन्दननाथ नगरपालिका र तातोपानी गाउँपालिका विच भगिनी सम्बन्ध स्थापना गर्न यो सहमति गरिएकाे छ।
भगिनी सम्बन्ध स्थापनाका लागि गरिएका सम्झाैता निम्न छन्










