Monday, November 2, 2026

नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीले जुम्ला बहुमुखी क्याम्पसको स्ववियु अध्यक्षको उम्मेदवार टुंगो लगाएको छ।

अखिल क्रान्तिकारीले जयकृष्ण जैसीलाई अध्यक्षको उम्मेदवार टुंगो लगाएको हो। यस्तै सचिवमा जीवन भक्रि र कोषाध्यक्षमा आशिष बुढालाई सर्वसम्मत उम्मेदवार चयन गरिएको अखिल क्रान्तिकारी जुम्लाका अध्यक्ष धर्मराज रावलले बताउनु भयो। उहाँका अनुसार उम्मेदवार चयन विधि प्रक्रिया सर्वसम्मत रूपमा गरेको छ।

 

अध्यक्षका उम्मेदवार जयकृष्ण जैसी यसअघि २०७९ को स्ववियु निर्वाचनमा सचिव जितेका अनुभवी विद्यार्थी नेता हुनु हुन्छ। उहाँले आफ्नो उम्मेदवारीलाई विद्यार्थीको हकहित र क्याम्पस सुधारको अभियानसँग जोडेर प्रस्तुत गरेका छन्।

‘विगतदेखि नै क्याम्पसभित्रका विकृति र विसंगति हटाउन र विद्यार्थीका मुद्दालाई बलियोसँग उठाउन म निरन्तर लागिपरेको जैशीको भनाइ छ।

 

यसैबीच, स्ववियु निर्वाचनको तयारी तीव्र बनेको छ। मंगलबार बिहान ११ देखि दिउँसो २ बजेसम्म उम्मेदवारहरूको मनोनयन दर्ता हुने कार्यतालिका छ।

 

उम्मेदवारको नामावली उपर दाबीविरोध गर्नका लागि फागुन २८ गते तोकिएको छ। फागुन २९ गते उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक गरिने छ। चैत ५ गते बिहान ८ देखि अपराह्न ४ बजेसम्म मतदान हुने छ।