Monday, August 24, 2026 | 12:17:18 PM

जुम्ला ः जुम्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि २ हजार ६ सय ८१ जना परीक्षार्थी सहभागी हुने भएका छन्। आउँदो चैत ७ देखि सुरु हुने एसइई परीक्षामा २ हजार ६ सय ८१ जना परीक्षार्थी सहभागी हुने भएका हुन्।

अघिल्लो वर्ष भन्दा यो वर्षमा १ सय २४ जना विद्यार्थी बढेका छन् । अघिल्लो वर्षको एसइईमा २ हजार ५ सय ५७ जना सहभागी भएका थिए । भौगोलिक दुरीका आधारमा १६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइ जुम्लाका इकाई प्रमुख रमेश मल्लले जानकारी दिनुभयो ।

उहाँले भनुभयो, नियमित तर्फ २ हजार ५ सय १५ परीक्षार्थी छन्। भने, ग्रेडवृद्वितर्फ १ सय ६६ जना सहभागी हुने भएका छन्। यस्तै प्राविधिक धारमा १ सय ४५ जना परीक्षार्थी सहभागी हुँदै छन् भने, २ हजार ३ सय ७० जना परीक्षार्थी सहभागी हुँदै छन्।

इकाई प्रमुख मल्लले जुम्लामा १६ वटा परीक्षा केन्द्र तोकिएको वताउनु भएको छ । १६ वटा परीक्षा केन्द्रमा विभिन्न तहका गरि २ हजार ६ सय ८१ जना परिक्षार्थी सहभागी हुने उहाँले वताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय