Tuesday, August 25, 2026 | 6:15:00 PM

सरकारले थालेको राष्ट्रिय खोप अभियान अन्तरगत पाठ्यघरको मुखको क्यान्सर विरुद्ध (एचपिभि)को जुम्लामा खोप लगाउन सुरु गरिएको छ । गुठिचौर गाउँपालिकामा २ सय २९ जनालाई खोप लगाएको स्वास्थ्य शाखा प्रमुख मनोरमा शाहले जानकारी दिनुभएको छ । गुठिचौर गाउँपालिका वडा नम्बर १ मा ७५ जना, वडा नम्बर २ मा ११ जना ,वडा नम्बर ३ गर्ज्याङ्गकोटमा ३३ जना , वडा नम्बर ४ बालुमा ७० जना, वडा नम्बर ५ मा ४० जना किशोरी हरुलाई खोप लगाएको उहाँले बताउनुभयो । उहाँले पालिका भरिएका ४ सय ३५ जनालाई लगाउने लक्ष्यकासाथ खोप सुरु गरिएको हो । पालिका भित्रका आज ५  वडा का ५ स्कुलमा संचालन गरिएको उहाँको भनाइ छ । भोलि माघ २८ गते ५ वटा स्वास्थ सस्थामा संचालन गरिने छ, भने तेर्सो दिन पहुँच भन्दा बाहिर रहेकाको लागि रहने उहाँले बताउनुभयो ।  गुठिचौर गाउँपालिका भित्र १२ वटा खोप केन्द्र रहेका छन् ।

 जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले किशोरीहरुलाई खोप लगाउन शुरु गरेको छ । जुम्लामा चिसोको समयमा विद्यालय बन्द भएका कारण केही ढिला खोप अभियान शुरु भएको जानकारी गरिएको छ । जिल्ला खोप समन्वय समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले खोप कार्यक्रमको घोषणा गर्नुभएको हो ।

खोप लगाएपछि किशोरीहरुले खुशी व्यक्त गरेका छन् । खोप लगाएर फर्किएकि कक्षा आठमा अध्ययनरत छात्रा बिनिता बुढाले स्वास्थ्यका लागि खोप लगाइ दिएकोमा सरकारलाई खु्शी व्यक्त गर्नुभयो ।

 

जनस्वास्थ्य सेवा कार्यालयले आठ हजार १४ जना किशोरीलाई पाठ्यघरको क्यान्सर विरुद्धको खोप (एचपिभि) लगाईने भएको छ । जनस्वास्थ्य निरीक्षक प्रेम सोमाईले, विद्यालयमा अध्ययन गरिरहेका ६ कक्षा देखी १० कक्षामा किशोरी र विद्यालय वाहिरका १० बर्ष देखी १४ बर्षका किशोरीलाई खोप लगाईने भएको छ ।

जनस्वास्थ्य सेवा कार्यालयका अनुसार जुम्लामा जुम्लाको चन्दननाथ नगरपालिका, गुठिचौर गाउँपालिका, पातारासी गाउँपालिका, तातोपानी गाउँपालिका, तिला गाउँपालिकामा माघ २७ गते देखी शुरु गरिएको र सिंजा क्षेत्रका हिमा गाउँपालिका, सिंजा गाउँपालिका र कनकासुन्दरी गाउँपालिकामा फागुन १ गतेदेखी खोप लगाईने भएको छ । खोप अभियान सफल पार्नका लागि ८६ वटा खोप केन्द्र र २०० जना स्वास्थ्यकर्मी परिचालन भईसकेका छन् । जनस्वास्थ्य कार्यालयले मापदण्ड अनुसारका सवै किशोरीलाई खोप लगाउन अनुरोध समेत गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय