जनसंख्या वृद्धिले गर्दा जग्गा वनाउने बढेपछि भेडाबाख्रा पालनका लागि चरन क्षेत्रको अभाव भएको छ। कृषि योग्य जमिन बढ्दै गएपछि भेडा चराउने ठाउँको कमी भएको हो। चरन क्षेत्रको अभावका कारण भेडापालकलाई भेडा चराउन र भेडा बचाउन सकस हुदै गएको छ। गुठिचौर गाउँपालिका–३ का चुन्द्र वहादुर वुढा,पदम रावल र मान वहादुर वुढा भेडा चराउन सयौं भेडा लिएर जाने गरेका छन्। उनीहरूको दिनचर्या भेडा चराउनमै बित्ने गरेको छ।

भेडा पालक किसानको घरपरिवारसँगको सम्पर्क कमै हुने गरेको गुठिचौर–३ का किसान पदम रावलले वताउनुभयो। अहिले फोनबाट र कहिले कहिले मात्र घरमा आउनु पर्ने अवस्थाप रहेको उहाँको भनाई छ । भेडा चराउनैका लागि घाँस भएको क्षेत्र खोज्दै दैनिक १५ देखि २० किलोमिटरको यात्रा भेडा लिएर पैदल तय गर्नुपर्ने खुशिले नभई बाध्यता भएको किसान रावलले सुनाउनुभयो। एकै ठाँउमा चराएर भेडाको पेट भरिदैन विभिन्न ठाँउमा लिदा चराउनेलाई फाउदा हुने उहाँको अनुभव छ ।

’भेडालाई बाँधेर राख्न गाह्रो छ। खुलामा चराउनु पर्छ। खुलामा चराउँदा खेतमा पसेर अरूको बाली खाइदेला भन्ने पीर हुन्छ’, रावलले भनुभयो,’राति बास बस्दा पनि जङ्गली जनावरले भेडा खाइदेला भन्ने चिन्ता गरेको सुनाउनुभयो । उहाँले भनुभयो, आलोपालो गरेर २४ सैं घण्टा भेडाको सुती–नसुती निगरानी गर्नुपर्ने अवस्था हुन्थ्यो।’ भेडा राख्ने ठाँउमा गोठ लगाएका छौ, त्यसैले अहिले त्यो दुःख कम भएको छ, किसान पदम रावलले भनुभयो ।

भेडापालन गर्न दुःख बढी हुने गरेको अर्का भेडापालक मान वहादुर वुढाले बताउनुभयो । पुर्ख्यौली पेशा भएर मात्र भेडापालन अंगालेको उल्लेख गदर्,ै उहाँले चर्नेठाउँ कमहुँदै गएकाले पाल्न कठिन बन्दै गएको किसान वुढाले वताउनु भएको हो ।
वर्षमा दुईपटक भेडाबाट ऊन निकाल्ने गरिएको छ। आधुनिकतासँगै भेडाको ऊनको बिक्री पनि कम हुँदै गएको उहाँले वताउनु भएको छ। भेडाको ऊनको चाङले घर नै भरिए पनि बिक्री गर्न समस्या हुने गरेको चन्द्र वहादुर वुढाको भनाई छ। भेडा चराउन गज्र्याङ्गकोटबाट थालिएको यात्रा लाग्ना, झिमारे, मुडुरिगाँउ,हरिचांगा, खोरेखोला, कालिमाटि, गुठिचौर,गुठिगाँउ सम्म पुग्ने किसान बताउँछन्।

भेडा चराउनैका लागि सानो गुठिचौर आएका चुन्द्र वहादुर वुढा,पदम रावल र मान वहादुर वुढा जग्गाको छेउछाउमा बस्नुपर्ने भएको वताउछन्। भेडा लिएर हिँडेका उनीहरूको बढीजसो समय चरन क्षेत्र खोज्नमै बित्ने गरेको छ। स्थानिय सरकारले भेडाबाख्रा पालन गर्न सेवा सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।


oppo_1026






