जुम्लाको गुठिचौर गाउँपालिका ३ का अर्जुन कामीले बिपन्न तथा बहिरा बिद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेका छन । गुठिचौर गाउँपालिका ३ गर्ज्याङ्गकोट्का सामाजसेवी अर्जुन कामीले छोरा सुप्रेम कामीको जन्मदिनको अबसरमा मंगलबार एक कार्यक्रमकाबीच कर्णाली माध्यमिक विद्यालयमा अनमनगरमा अध्ययनरत विपन्न तथा बहिरा बालबालिकाहरुलाई कापी, कलम अन्य अध्ययन सामग्री वितरण गरेर छोरा सुप्रेमको जन्मदिन मनाएका छन् ।
जन्मदिनको अबसरमा फजुल खर्चलाई सेवामा परिवर्तन गर्न र शिक्षा मानिसको ज्योति भएकोले बालबालिकाहरु गुणस्तरीय शिक्षासंग जोड्न आफुले प्रयास गरेको अर्जुनले बताउनुभयो । छोरा सुप्रेम कामी दुई बर्ष पूरा भएर तेस्रो बर्षमा प्रवेश गरेका छन् ।
सामाजिक अभियान्ताको काम समेत गरिरहेका उहाँले आगामि दिनमा पनि विद्यालयको लागि गर्न सक्ने सहयोग गर्ने जनाएका छन् ।
त्यहा पठनपाठन गर्ने मुनाहरु अलि गरिब स्थिति भएको पनि जनाएका छन् र अबको आगामी दिनमा पनि यस्तै कार्यहरु समाजसेवीको लागि यस्तै कार्य गर्ने उहाँले बताउनुभयो।
जन्मदिनको अवसरमा रचनात्मक काम गर्नु सरहनिय कुरा भएको कर्णाली माध्यमिक विद्यालयका प्रधानाध्यापक मिनराज शर्माले बताउनुभयो । उहाले भनुभयो, अहिले साल एसइइ दिने विद्यार्थीलाई समस्या थियो तर सहयोग गर्दा भने विद्यार्थीलाई राहत भएको उहाँको भनाइ छ । अहिले बिद्यालयमा बहिरा ३९ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक शर्माले जानकारी दिनुभयो ।
त्यहाँ जुम्ला, कालिकोट, मुगु लगाएतका जिल्लाका विद्यार्थी अध्ययनरत रहेका छन् । जन्मदिनको अवसरमा सहयोग गरेकोमा आभार छु भन्दै प्रशंसा गर्दै लाखौं लाख शुभकामना व्यक्त गर्नु भयो । अहिले साल एसइई दिने बहिरा बालबालिकालाई सहयोग पुगेको उहाँको भनाइ छ ।







