Monday, November 2, 2026

गुठिचौर गाँउपालिका कार्यबाहक अध्यक्ष तथा वडा १ का वडाअध्यक्ष अर्जुन कुमार महताराले स्थानिय सरकार भुईमान्छे तथा सरकारको पहुच भन्दा वाहिर रहेका व्यक्तिहरुको भएको वताउनुभयो । उहाँले गुठिचौर गाँउपालिका वडा नम्वर ५ ले आयोजना गरेको कम्मल वितरण कार्यक्रमा यस्तो वताउनुभयो । उहाँले भनुभयो, सरकारले गरिव दुखिहरुको लागी कटिवद्ध रहेको पनि वताउनु भयो । स्थानिय सरकारले चिसो समयमा सानो भएपनि सहयोग होस्, भनेर कार्यक्रम गरि रहेको उहाँको भनाई छ । चिसो बढ्दै गएपछि जेष्ठ नागरिकलाई राहत स्वरुप न्यानो कपडा वितरण गरिएको उहाँले वताउनुभयो । उहाँले आफ्नो वडामा आमालाई खाना बाबालाई नाना कार्यक्रमाद्धारा सम्मान गरेको महताराले वताउनुभयो ।

गुिठचौर गाँउपालिका वडा नम्वर ५ का वडा अध्यक्ष कमल महतले जाडो छल्नका लागि सहज होस् भन्ने उद्देस्यले कम्वल वितरण गरिएको वताउनु भयो । उहाँले भनुभयो, यो सम्मान जोगाई राख्न राज्य र समाजको धाराणालाई सकरात्मक बनाउनु जरुरी ठानेको उहाँको भनाई छ । कुनै पनि नागरिक वृद्ध अवस्थामा पुगेपछि मेरो कोही छैन भन्ने अवस्था नहोस् । उहाँहरुको साथनमा स्थानीय सरकार छ भन्ने विश्वास दिलाएको वडा अधयक्ष महतले वताउनुभयो ।”

उहाँले जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तरगतको विनियोजन ४ लाख वजेट मध्य गाँउपालिकाले एक लाखको १५ प्रतिशतका दरले काटेर वजेट दिएको जानकारि दिनुभयो । उहाँले भनुभयो, वडाका ज्येष्ठ नागरिकहरू प्रति संवेदनशील भएर काम गरिरहेको बताउनुभयो । ज्येष्ठ नागरिकको उचित हेरचाह र स्वास्थ्यको चिन्ता गरेर नै वडाबाट कम्मल व्यवस्थापन, गत वर्षमा स्वास्थ्य परिक्षण गरिएको वडा अध्यक्ष महतले बताउनुभयो ।

न्यानो सामग्री दिँदा आफ्नै छोराले न्यानो लुगा दिएको अनुभूति भएको गुठिचौर गाँउपालिका–५, कुम्डिका ज्येष्ठ नागरिक लोडे दमाईले बताउनुभयो । सरकारले न्यानो लुगा दिन थालेपछि जीवन जिउने हौसला बढेको ९२ वर्षीया दमाईले बताउनुभयो । गुठिचौर–५ फोईका विर्खराज धितालले वडाले प्रशंसा योग्य काम गरेको वताउनु भयोे । धितालले भनुभयो, यो भन्दा पहिला अकालम मृत्यु भएको स्मरण गराउदै, हाम्रो जिवन अन्धकारमा वितेको सुनाउदै, लोकतन्त्रको मक्सतले राम्रो भएको टिप्पणी गर्नुभयो । अहिलेको जमना नकरात्मकता विचार बढेपनि, समाज वदलिएको उहाँले वताउन्ु भएको छ ।

ज्येष्ठ नागरिकहरूप्रति जनप्रतिनिधि र स्थानीय सरकार उत्तरदायी रहेको पालिका निमित प्रमुख प्रशासकिय अधिकृत गंगा प्रशाद पाण्डेले उल्लेख गर्नुभयो । जेष्ठ नागरिकको सम्मान स्वरूप वडाले ब्ल्याङ्केट वितरण गरेको वडा सचिव द्धवारिका न्यौपानेले बताउनुभयो । उहाँले गुठिचौर गाँउपालिका वडा ५ का २सय १५ जनालाई वितरण गरिएको जानकारि दिनुभयो । कम्बल पाएपछि जेष्ठ नागरिकहरुले खुसि व्यक्त गरेका छन् ।