जुम्लाको तातोपानी गाउँपालिका ४ मा रहेको गिडिदहलाई पर्यटन सम्पदा सूचिमा समावेश गराउन कर्णाली प्रदेश र संघ सरकारलाई वडाले ध्यानकर्षण गराएको छ । तातोपानी ४ मा रहेको गिडिदहलाई सम्पदा सूचिमा समावेश गर्नका लागि प्रदेश र संघ सरकारको ध्यानकर्षण गराईएको वडाध्यक्ष अम्मरवहादुर रोकायाले बताउनु भयो । कर्णाली प्रदेशसभा सदस्य देवेन्द्रवहादुर शाही र टेकराज पछाई लगायत जुम्लाका राजनीतिक दल, नागरिक समाजको उपस्थितमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश अधिकारीलाई वडाको तर्फबाट ध्यानकर्षण पत्र पेश गरिएको रोकायाले जानकारी गराउनु भयो ।
गिडिदह जुम्ला जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्य र कर्णाली प्रदेशमा रहेका ताल र दहहरु मध्ये नापजाँचको आधारमा तेस्रो गहिरो दह भएकाले सम्पदा सूचिमा समावेश सरकारले समावेश गराउनु पर्ने भन्दै ध्यानकर्षण गराईएको उहाँले बताउनु भयो ।
रोकायाले भन्नुभयो, गिडिदहको प्रमुख स्रोत भनेको विष्टज्यु बजेडीखोला, दुधवाडीखोला र दह भित्रबाट निस्कने मुलहरु हुन । भने समुद्री सतह देखि करिब ३ हजार ४ सय ८५ मिटर उचाईमा अवस्थित गिडिदह कर्णाली राजर्माग ऐरेनी देखिको दुरी अनुमानित २९ किलोमिटर रहेको बताउनु भयो ।
टाढाबाट दृष्यावलोकन गर्दा गिडिदह नेपालको राष्ट्रि झण्डा आकार जस्तै दुई भागमा विभक्त रहेको र वरिपरि घना वनजंगलले ढाकेको रोकायाको भनाइ छ । उहाँका अनुसार, फुलचौल्या, लामाचौर, पानसय पाटन, माझ पाटन, बिष्टज्यु, हाँका बजेडी, धप्के र धौलिगाढ आदी यस क्षेत्रका प्रमुख पाटन तथा धार्मिक क्षेत्रहरु रहेको हुनाले सम्पदा सूचिमा समावेश गराउन प्रदेश सरकारसँग अनुरोध गरिएको बताउनु भयो ।
गिडिदह क्षेत्रमा यार्चागुम्बा, पाँचऔले, जटामसि लगायत विभिन्न प्रजातिका जडिबुटीहरु, भोजपत्र, लौठसल्ला, गोब्रे सल्ला जस्ता विभिन्न प्रजातिका बोटविरुवा र डांफे, कालिज, काडेभ्याकुर जस्ता चराहरु तथा लोपउन्मुख रेडपाण्डा, कस्तुरी, कालो भालु, थार, घोरल लगायत वन्यजन्तु उक्त पर्यटकिय क्षेत्रमा रहेको वडाध्यक्ष रोकायाले जानकारी गराउनु भयो ।
गिडिदह क्षेत्र प्राकृतिक र जैविक सम्पदाको दृष्टिकोणले पर्या–पर्यटन क्षेत्रको रुपमा मानिने भएकाले उचित प्रर्वद्धन, संरक्षण र विकास हुन नसकि गुमनाममा रहेको उहाँको भनाइ छ । प्रदेश र संघ सरकारले गिडिदहलाई सम्पदा सूचिमा समावेश गर्न सकेको खण्डमा पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने वडाले अपेक्षा गरेको उहाँले बताउनु भयो ।
गिडिदहको पहिचानका लागि तातोपानी गाँउपालिका जुम्लाले राष्ट्रिय ताल संरक्षण विकास समितिको सहकार्यमा काठमाण्डौँ युनिभर्स सिटि केयुका वातावरण विज्ञ डा. सुवोधराज श्रेष्ठ, डा. रामदेवी ताजमो, (शाह) र डा. दिपनारायण शाहको टिमलाई परिचालन गरि गिडिदह क्षेत्रको क्षेत्रफल मापन कार्य गरि स्थानीय राजपत्रमा प्रकासन समेत भैसकेको अवगत गराउनु भएको छ ।
पर्यटकिय गन्तव्यहरुको पहिचान, महत्व र अस्तित्वले देशको शिर ठाडो हुने रोकायाको भनाइ छ । उहाँका अनुसार, वर्तमान तथ्यांक अनुसार नेपालको कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८% हाराहारीमा हुनुको साथै रोजगारीको लागि आधार स्तम्भ भएको बताउनु भयो ।
नापजाँच टोलीले पेश गरेको प्रतिवेदनका आधारम गिडिदको अधिकतम् लम्बाई १५ सय १० मिटर, सतहको क्षेत्रफल २९ सय ११ हेक्टर, अधिकतम् चौडाई ३१० मिटर, गहिराई ४२.८ मिटर, परिधि ६ हजार ४ सय ३० मिटर देखिनुको साथै पानीको आयतन ७३ करोड ५० लाख ३२ हजार ३ सय ९९ घन मिटर र वार्षिक औषत वर्षा १३ सय ४३ मिलि मिटर र न्यूनतम् तापक्रम १४ डिग्रि सेल्सियस, अधिकतम् तापक्रम ८ डिग्री सेल्सियस रहेको रोकायाले बताउनु भयो ।
स्थानीय तहले गिडिदह पर्या–पर्यटकीय क्षेत्रको पहिचान, प्रर्वद्धन, संरक्षण र विकासका लागि ईट्टा थप्ने प्रयत्न गरेता पनि प्रदेश र संघीय सरकारको उचित ध्यान पुग्न नसकेको जानकारी गराउनु भयो । कर्णाली प्रदेश भित्र रहेका प्राकृतिक सम्पतिको हालसम्म पर्यटकीय गन्तव्यहरुको सूचिमा सरकारले सुचिकृत गर्न नसकेको अवगत गराउदै गिडिदहलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गराउन प्रदेश सरकारको ध्यानकर्षण गराईएको उहाँले बताउनु भयो ।
vगिडिदहलाई पर्यटन सम्पदा सूचिमा समावेश गर्न ध्यानकर्षण