Monday, August 24, 2026 | 7:02:36 AM

जुम्ला – जुम्लामा अनलाइनबाट नागरिकताको सिफारिस दिने तयारी गरिएको छ । यहाँका धेरैजसो वडामा विजुली र इन्टरनेटको पहुँचमा भएकाले अनलाइनबाट नागरिकता सिफारिस दिने तयारी गरिएको हो ।

जुम्लामा ८ स्थानीय तहका ६० वडा रहेका छन् । प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीका अनुसार, यस अघि स्थानीय तहका प्रमुख र जिल्ला समन्वय समितिका प्रमुखसँग बैठक गरी अनलाइनबाट सिफारिसका विषयमा छलफल भएको छ । उहाँले भनुभयो, अब पुस २८ गते स्थानीय तहका प्रमुख प्रशासकिय अधिकृतसँग यही विषयमा छलफल गर्ने वताउनुभयो ।

गृह मन्त्रालयको केन्द्रिकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत् अनलाइन नागरिकता सिफारिस अगाडि बढाइएको प्रमुख जिल्ला अधिकारी शाहीले जनाएका छन् । उहाँले अनलाइन सिस्टमबाटै नागरिकताको सिफारिस दिन सकिने वताउनुभयो । वडामा सिस्टममा जन्ममिति अपलोड गरेर सिधै प्रशासनको सिस्टममा सिफारिस आउने भउको छ । यो काम सुरु भएनिकै सहज हुनेछ । प्रमुख प्रशासकीय अधिकृतको बैठकपछि एक हप्ता कर्मचारीलाई तालिमको प्रदान गर्ने र माघ महिनादेखि अनलाइनबाट नागरिकताको सिफारिस उपलव्ध हुने व्यवस्थापन उहाँको भनाई छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय