Tuesday, November 3, 2026

जम्लाको गुठिचौर गाँउपालिकामा सञ्चालित बालमैत्री स्थानिय शासन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोग र किर्डाक नेपालको सहजिकरणमा जुम्लाको गुठिचौर गाँउपालिकाको आयोजना गरेको उक्त कार्यक्रम सम्पन्न भएको हो । गुठिचौर गाँउपालिकामा बालमैत्रि वडा घोषणाका लागी ५१ वटा सुचक मध्य ७३ प्रतिशत सुचक पुरा भएको छ्न । एकदिन सञ्चालन भएको उक्त कार्यक्रममा पालिका भरिका कर्मचारि, प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालमैत्रि स्थानिय शासनका ५१ वटा सुचक र ५ वटा चरणका, दस्तावेजि करण गर्ने, बालमैत्रि आचारसंहिता वनाउने, बालवालिका प्रोफाईल वनाउने, विद्यालय वाहिर रहेका बालबालिको तथ्यङ्क संकलन गर्ने र बालमैत्रि स्थानिय शासन पालिका संयोजक तोक्ने लगायतका बिषयहरुमा छलफल भएको थियो ।

कार्यक्रम गुठिचौर गाँउपालिका कार्यबाहक अध्यक्ष तथा वडा १ का वडाध्यक्ष अर्जुन कुमार महताराले गुठिचौर गाँउपालिकामा ५१ मध्य ७३ प्रतिशत सुचक पुरा भएको जानकारि दिनुभयो । कार्यक्रम एकदमै महत्वपुर्ण भएको पनि बताउनु भएको छ। उहाँले बालसंरक्षणका सन्दर्भमा कार्यक्रम आयोजना गरिएको हुनाले यसको विशेषता फरक भएको बताउनुभयो । उहाँले भनुभयो, ‘हामी कुनै बेला बालक थियौँ, त्यतिबेलाको आवश्यकलाई स्मरण गदै, ‘आजको बालबालिकाहरुको संरक्षण गर्ने, सुरक्षा दिने, व्यवस्थापन गर्ने कुरा एउटा पालिकाको मात्रै नभई संसारकै लागि महत्वपुर्ण भएको वताउनुभयो। अध्यक्ष महताराले भनुभयो, अव पालिकाले कुरा कम काम वढि गर्ने स्पष्ट पार्नु भयो । उहाँले यसमा कर्मचारिको हात धेरै भएकाले निस्ठावान भएर काम गर्नुपर्ने र सफल पालिका वनाउन ध्यानार्कषण गर्नुभयो । पालिकाले बालबालिकालाई व्यवस्थापन गर्ने सवालमा काम गरिरहेको उहाँको भनाई छ ।

गुठिचौर गाँउपालिकाले ५ वटा वडाहरु मध्य ४नम्वर वडालाई यहि आर्थिक वर्षमा बालमैत्रि स्थानिय शासन घोषणाको तयारि थालेको वडा ४ का कार्यबाहक वडा अध्यक्ष धर्मलाल जैसिले वताउनुभयो । अझै आगामी दिनहरुमा बजेट छुट्याएर प्रतिफल आउने किसिमले बालबालिकालाई सुरक्षित भएको आभास दिलाउने केही कामहरु गरिरहेको गर्ने वताउनुभयो । उहाँले बालबालिका सम्बन्धीका सवालहरुलाई विशेष महत्वका साथ अग्रपंतीमा राखेर वडाले काम गर्ने बताउनु भएको थियो ।

त्यस्तै, किर्डा नेपालका कार्यक्रम संयोजक श्री वहादुर भण्डारिले ५ वर्षदेखि माथि र १८ वर्ष भन्दा तलका बालवालिका विद्यालय भन्दा वाहिर कोहि भए जानकारि दिन अनुरोध गर्नुभयो । कार्यक्रमले विद्यालय वाहिर रहेका बालवालिकाहरुलाई किन पढ्न नपाएका हुन विचैमा पढाई किन छाडेका हुन त्यो पत्ता लगाएर सहजिकरण गर्ने उहाँले वताउनुभयो । त्यस्तै, किर्डाक नेपालका बाल संरक्षण अधिकृत श्री राम थापाले कार्यक्रमलाई प्रभाकारि वनाउन पालिकाको महत्वपुर्ण भुमिका रहेको वताउनुभयो। बालबालिकाको अधिकार संरक्षण र बालमैत्री शासन व्यवस्थामा बालबालिकाहरुलाई सजक वनाउने कार्यक्रमको मुख्य मक्सत्त रहेको उहाँको भनाई छ । कार्यक्रमले बालबालिकाको स्तर माथि उकास्न चिन्ता चासो वृद्धि गराई सचेत नागरिक वनाउने प्राथमिकता रहेकोमा बाल संरक्षण अधिकृत श्री राम थापाको जोड दिनुभयो ।
बालमैत्री स्थानीय शासन सयोजकमा गुठिचौर गाँउपालिका महिला तथा बालबालिका शाखा प्रमुख सुस्मिता थापालाई तोकिएको छ । कार्यक्रमका अन्य सहभागीहरुले पनि आफ्नो पालिकालाई बालमैत्री पालिका बनाउने विषयमा ऐक्यवद्धता जनाएका थिए ।

कार्यक्रममा सहजिकरण गरिरहेका किर्डाक नेपालका फिल्ड सुपर भाईजर राम शंकर दवाडिले बालबालिका र विशेषगरी समग्र वृद्धिविकासका लागि कार्यक्रम आयोजना गरिएको बताउनुभयो । बालबालिकाका क्षेत्रमा हुनुपर्ने कार्यहरुका बारेमा स्थानिय पालिकाका प्रतिनिधिहरुसँग छलफल गरिएको बताउनुभयो । पालिकाबाट सहभागिता राम्रो भएकाले कार्यक्रम प्रभावकारी भएको अनुभव गरेको उहाँले बताउनुभयो । बालमैत्री स्थानीय शासनयुक्त पालिका बनाउन सबै विद्यालयको पूर्वाधार र वातावरण बालमैत्री हुनुपर्ने देखिन्छ ।

राम प्रकाश विक