पुस्तान्तरण हुन नसक्दा परम्परादेखि गर्दै आएको आरन पेशा लोप हुने खतरामा पुगेको छ । यो पेसा पुस्तान्तरण अभावमा बिस्तारै हराउदै जान थालेको होे । स्थानिय सरकारले आरन पेशामा व्यवसायका लागी लगानि नगरेको गुठिचौर गाँउपालिका वडा ३ का ६२ बर्षिय सार्के कामीले वताउनुभयो । नँया पुस्तामा यो पेसा प्रति आर्कर्षित हुन नसक्दा आरन पेशा हराउने सम्भावना बढेको हो । आरन पेशा लोप हुनुमा आर्थिक आम्दानि कम हुने र श्रम धेरै भएपनि श्रम अनुसारको रकम नपाउदा लोप हुने अवस्थामा पुगेको गुठिचौर गाँउपालिका वडा नम्बर ३ का सार्के कामीले वताउनुभयो । काम गराउने तर श्रम अनुसारको आर्थिक नपाउदा लोप भएको उहाँको भनाई छ ।

विगतमा हँसिया, कुटो, कोदालो, बन्चरो लगायतका कृषि औजार निर्माण गर्ने आरन पेसा समयानुसार व्यवसाय नहुदा पछिल्लो समय हराउन थालेको उहाँले वताउनुभयो । पुस्तौँ पुस्तादेखि चल्दै आएको सिप र प्रविधिको प्रयोगमा आधारित रहेर सञ्चालन हुँदै आएको लगिप्रथा ‘आरन पेसा’लोप हुँदै गएको छ। अहिलेको परिवेशअनुरुप उपयुक्त आम्दानी नहुने भएपछि युवाहरुले उक्त पेसालाई छाड्दै गएको कामीले वताउनुभयो । आरनहरु लोप हुँदै जाँदा गाँउ गाँउमा फलामका नँया हतियार बनाउने मान्छेहरु पाउन छाडेको उहाँले सुनाउनुभयो ।
उहाँले भनुभयो, कृषि कामका लागी आरन पेशा महत्वपुर्ण भएको वताउनुभयो । औजार वनाए(कराए)को मुल्य हँसिया २५, डाले आसिको ५०, कुटो, कोदाला १सय ५०रुपिँया, बन्चरो १सय रुपिँया लिने गरे पनि आफ्नै मान्छे हो,भनेर टार्ने गरेको उहाँले वताउनु भएको छ । सार्के कामीले भनुभयो, कृषि क्रन्ति गर्न कामी जातिको योगदान महत्वपुर्ण रहेकोमा जोड दिनुभयो। विगतमा दिनभरि कृषि औजार वनाए पनि एक माना चामलमा दिएर टारेको सुनाउनुभयो । उहाँले एकमानो पिठोको लागी दिनभरि काम गरेको सझना गदै, त्यो अन्त्य भएको वताउनुभयो ।
उहाँले (लगी)को घरमा काम गर्न जाने चलनको पछिल्लो पुस्ताबाट अन्त्य भएको छोराछोरिले पनि यो दुःखको पेशा छाड्न अनुरोध गर्ने गरेको सुनाउनुभयो । त्यतिबेला लगीको मेलापात घास दाउरा, खनजोत गदै दिन वित्ने गरेका थिए । पढेका लेखेका थिएन्न । अहिले दलित पढे लेखेका धेरै छन् जागिरे पनि वढेको सुनाउनुभयो। नयाँ निमार्ण गरेको हँसिया १हजार, कुटाको ७सय, कोदालो ९सय सम्मा पर्ने गरेको सुनाउनुभयो । आरनमा वस्दा छाति दुख्ने, दम लाग्ने लगाएत विभिन्न समस्य हुने उहाँले वताउनुभयो । आधुनिकीकरणले पेसा संकटमा छ, भने अर्काे तिर स्थानिय सरकारको व्यवास्थाका कारण पनि हराउदै गएको वतावउनु भएको हो ।

त्यस्तै, गुठिचौर गाँउपालिका वडा ४ का बल कामीले प्ररम्परादेखि काम गदै आएपनि छोराछोरीले यो काम फाईदा दिदैन छोड्न भन्ने गरेको वताउनुभयो । यो भन्दा २० वर्ष पहिला दिनभरि काम गरेर २ रुपिँया पाउने गरेको स्मरण गराउनु भयो । उहाँले स्थानिय सरकार यस्ता काम भन्दा पनि सडक जोड दिदै आएको गुनासो गदै, आरन पेशामा सरकारको लगानी आवश्यकता रहेकोमा जोड दिनुभयो ।
आरण पेसालाई संरक्षण गर्न स्थानीय सरकारले लगानी नगरेको गुनासो छ । पुरानो शैलीबाट बनाउने भाँडाकुँडाको बजारीकरण नहुनु र शारीरिक परिश्रम धेरै हुँदा पनि पेसाप्रति खास उत्साही नहुने गरेको बल कामीले वताउनु भएको छ । उहाँले भनुभयो, अहिले युवामा आफ्नौ खुटाम उभिन तागत बटुदै गई रहेको अनुभव छ । बल कामीले सुन, चाँदि, फलामको काम गदै आउनु भएको छ । आरन कृषिमा सहयोग पुग्ने दलितले वनाएको औजार प्रयोग गर्ने गरेका छ्न ।






