Wednesday, September 16, 2026

ताजा अपडेट

गुठीचौर, जुम्ला । सार्वजनिक सम्पत्तिको अभिलेखलाई आधुनिक, दुरुस्त र पारदर्शी बनाउने उद्देश्यका साथ गुठीचौर गाउँपालिकामा सार्वजनिक सम्पत्ति व्यवस्थापन प्रणाली (Public Asset Management System – PAMS-V2) सम्बन्धी अभिमुखीकरण तथा तालिम कार्यक्रम सम्पन्न भएको छ।

​गाउँपालिकाको आयोजनामा सञ्चालित सो अभिमुखीकरण कार्यक्रममा गाउँपालिका मातहतका विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रममा महालेखा नियन्त्रक कार्यालय (FCGO) द्वारा कार्यान्वयनमा ल्याइएको अनलाइन प्रणाली PAMS-V2 मार्फत सरकारी जिन्सी, पुँजीगत सम्पत्ति, औषधि तथा मर्मतसम्भार योग्य सामग्रीको डिजिटल प्रविष्टि र मूल्याङ्कनबारे व्यावहारिक अभ्यास गराइएको थियो।

जन स्वास्थ्य सेवा कार्यालयकि ​प्रशासकीय अधिकृत भगवती श्रेष्ठले ​कार्यक्रममा प्रशिक्षकको भूमिकामा रहनुभएकी जनस्वास्थ्य सेवा कार्यालयकी प्रशासकीय अधिकृत भगवती श्रेष्ठले सार्वजनिक सम्पत्तिको पारदर्शी अभिलेख सरकारी प्रणालीको मेरुदण्ड भएको बताउनुभयो।

​”सार्वजनिक सम्पत्तिको यथार्थ र दुरुस्त अभिलेख राख्नु प्रत्येक सरकारी कार्यालयको कानुनी एवं प्रशासनिक दायित्व हो। PAMS-V2 प्रणालीले पुराना हस्तलिखित ढड्डा प्रणालीलाई विस्थापित गर्दै पूर्ण रूपमा डिजिटल माध्यमबाट जिन्सी र सम्पत्ति व्यवस्थापन गर्ने सुविधा दिएको छ। सुरुवाती चरणमा पुराना सम्पत्तिको प्रविष्टि गर्दा र सर्भर सुस्त हुँदा केही कठिनाइ देखिए पनि निरन्तरको अभ्यासले यसलाई सहज बनाउँछ। यसले वित्तीय अनुशासन, पारदर्शिता र उत्तरदायित्व अभिवृद्धि गर्न महत्त्वपूर्ण भूमिका खेल्छ।”

​स्वास्थ्य शाखा प्रमुख रामेश बुढाले ​कार्यक्रमको सहजीकरण गर्नुभएका गुठीचौर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामेश बुढाले स्वास्थ्य क्षेत्रका भौतिक तथा औषधीय सामग्रीको सही व्यवस्थापनमा यो प्रणाली कोशेढुङ्गा सावित हुने बताउनुभयो।

​”स्वास्थ्य शाखा मातहत रहने औषधि, मेडिकल उपकरण र अन्य जिन्सी सामग्रीको नियमित मौज्दात र प्रयोगको पारदर्शी हिसाब राख्न PAMS-V2 अत्यन्त उपयोगी छ। यद्यपि दुर्गम भौगोलिक क्षेत्रमा इन्टरनेटको सुस्त गति, केन्द्रीय सर्भरमा आउने प्राविधिक समस्या र सुरुवाती डाटा इन्ट्रीमा देखिने चुनौतीहरूलाई व्यवहारिक रूपमा समाधान गर्दै लैजानुपर्ने देखिन्छ। यस तालिमले स्वास्थ्य क्षेत्रका कर्मचारीहरूलाई प्रणाली सञ्चालन गर्न र अभिलेख दुरुस्त राख्न सक्षम बनाएको छ।”

​निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले​कार्यक्रमको समापन गर्दै गुठीचौर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले गाउँपालिकामा पूर्ण रूपमा डिजिटल सुशासन कायम गर्न प्रणालीलाई प्रभावकारी रूपमा लागू गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

​”गाउँपालिका मातहतका सबै शाखा, स्वास्थ्य संस्था तथा विषयगत कार्यालयहरूमा रहेका सार्वजनिक सम्पत्तिको संरक्षण, सही सदुपयोग र पारदर्शिता कायम गर्नु हाम्रो पहिलो प्राथमिकता हो। PAMS-V2 प्रणालीले जिन्सी व्यवस्थापनमा आउने द्विविधा र अनियमिततालाई अन्त्य गर्नेछ। प्रणाली सञ्चालनका क्रममा देखा परेका इन्टरनेट, सर्भर तथा प्राविधिक समस्याहरूलाई समाधान गर्न गाउँपालिकाले आवश्यक पूर्वाधार र सहजीकरण उपलब्ध गराउनेछ। सबै शाखाहरूले यथाशीघ्र आफ्नो सम्पत्ति विवरण प्रणालीमा प्रविष्टि गरी सुशासन कायम गर्न निर्देशन दिन्छु।”

​PAMS-V2 महालेखा नियन्त्रक कार्यालयले विकास गरेको एक एकीकृत वेब-आधारित प्रणाली हो। यसका मुख्य कार्य र विशेषताहरू कार्यालयमा रहेका चल-अचल, पुँजीगत तथा फर्निचर, सवारी साधन र स्वास्थ्य सामग्रीको डिजिटल प्रविष्टि गर्ने, दाखिला प्रतिवेदन (Entry Report) र निकासा (Issue) विवरणलाई अनलाइन रेकर्ड गर्ने, ​भौतिक सम्पत्तिको वार्षिक ह्रासकट्टी हिसाब गरी हालको वास्तविक बजार/किताब मूल्य कायम गर्ने, मर्मत हुन नसक्ने वा पुराना सम्पत्तिको लिलाम, मिनाहा तथा हस्तान्तरण प्रक्रियालाई पारदर्शी र नियमसम्मत बनाउने छन् । ​तालिमपश्चात् गुठीचौर गाउँपालिकाका सबै शाखाहरूमा PAMS-V2 प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा ल्याइने जनाइएको छ।