Wednesday, September 16, 2026

ताजा अपडेट

जुम्ला । कर्णाली प्रदेशको स्वास्थ्य र चिकित्सा शिक्षाको क्षेत्रमा महत्वपूर्ण मानिने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चार नयाँ उच्च पदाधिकारी प्राप्त गरेको छ। लामो समयको छनोट र विभिन्न चरणको प्रतिस्पर्धात्मक प्रक्रिया पार गर्दै प्रतिष्ठानको रजिस्ट्रार, शिक्षाध्यक्ष रेक्टर, अस्पताल निर्देशक र डिन पदमा नयाँ नेतृत्व चयन भएको हो। प्रतिष्ठानको प्रशासनिक नेतृत्व सम्हाल्ने महत्वपूर्ण जिम्मेवारी रजिस्ट्रार पदमा जुम्लाको तातोपानी गाउँपालिका वडा नं.४ निवासी प्रकाशचन्द्र खत्री नियुक्त हुनुभएको छ। खत्री यसअघि जुम्ला बहुमुखी क्याम्पसको प्रमुखका रूपमा शैक्षिक प्रशासनिक अनुभव सम्हालिसक्नुभएका व्यक्ति हुनुहुन्छ।
जुम्लाकै स्थानीय शैक्षिक नेतृत्वले प्रतिष्ठानको रजिस्ट्रारको जिम्मेवारी पाएसँगै स्थानीय स्तरमा खुसीयाली छाएको छ, भने प्रतिष्ठानको प्रशासनिक सुधारमा नयाँ आयाम थपिने अपेक्षा गरिएको छ। यसैगरी प्रतिष्ठानको शिक्षाध्यक्ष (रेक्टर) पदमा डा. धर्मदत्त सुवेदी नियुक्त हुनुभएको छ। अस्पतालको समग्र स्वास्थ्य सेवा प्रणालीलाई व्यवस्थित बनाउन अस्पताल निर्देशकको जिम्मेवारी डा.विनम्र विष्टलाई दिइएको छ। शैक्षिक तथा प्राज्ञिक क्षेत्रलाई सुदृढ बनाउन प्रतिष्ठानको डिन पदमा डा. सन्दीप श्रेष्ठ चयन हुनुभएको छ। स्वास्थ्य मन्त्रालयमा शपथ ग्रहण नवनियुक्त चारै जना पदाधिकारीहरूले काठमाडौँ स्थित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित एक औपचारिक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ।

मन्त्रालयमा आयोजित समारोहमा नवनियुक्त पदाधिकारीहरूलाई बधाई दिँदै कर्णालीको भौगोलिक जटिलतालाई मध्यनजर गरी गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको पहुँच विस्तारमा इमानदारीका साथ लाग्न निर्देशन दिइएको छ। प्रतिष्ठानका सामु थपिएका नयाँ आशा र चुनौतीकर्णाली र आसपासका दुर्गम भेगका नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा पु¥याउनुका साथै दक्ष चिकित्सक उत्पादन गर्ने मुख्य लक्ष्य बोकेको प्रतिष्ठानमा नयाँ पदाधिकारीहरूको आगमनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

विशेषगरी प्रशासनिक सुदृढीकरणस् स्थानीय पृष्ठभूमि र लामो शैक्षिक प्रशासनिक अनुभव भएका प्रकाशचन्द्र खत्रीको नेतृत्वले प्रतिष्ठानका आन्तरिक प्रशासनिक अल्झनलगायत स्थानीय समुदायसँगको समन्वयलाई मजबुत बनाउने अपेक्षा गरिएको छ। शैक्षिक तथा स्वास्थ्य सेवामा सुधार नयाँ रेक्टर, डिन र निर्देशकको समन्वयले प्रतिष्ठानमा सञ्चालित चिकित्सा शिक्षाका विभिन्न तहका पाठ्यक्रम, अध्ययन(अध्यापन र शिक्षण अस्पतालको बिरामी उपचार सेवालाई थप गुणस्तरीय र प्रविधिमैत्री बनाउने चुनौती र अवसर दुवै छ। नयाँ नेतृत्वको आगमनसँगै प्रतिष्ठानले कर्णालीका कुनाकाप्चासम्म गुणस्तरीय स्वास्थ्य सेवा पु¥याउने आफ्नो मूल संकल्पलाई नयाँ उचाइमा पु¥याउनेमा सरोकारवालाहरू विश्वस्त देखिएका छन्।