Monday, August 24, 2026 | 3:50:39 PM

हुम्ला, ८ भाद्र । हुम्लाको ताँजाकोट गाउँपालिकाको कार्यालयमा मध्यराति अचानक भएको भीषण आगलागीबाट महत्वपूर्ण प्रशासनिक कागजात तथा भौतिक सामग्रीहरू जलेर नष्ट भएका छन्। घटनाको निष्पक्ष अनुसन्धान गरी वास्तविक सत्यतथ्य बाहिर ल्याउन जिल्ला प्रहरी कार्यालय हुम्लाले प्रहरी निरीक्षक युवराज ढकालको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।

आइतबार राति करिब पौने २ बजे भएको उक्त आगलागीबाट गाउँपालिकाको लेखा शाखा, न्यायिक समिति सचिवालय र जिन्सी शाखामा ठूलो क्षति पुगेको छ।

आगो नियन्त्रण आगलागीको खबर पाउने बित्तिकै नजिकैको प्रहरी चौकी, स्थानीयवासी र नजिकै बस्ने गाउँपालिकाका कर्मचारीहरूको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रारम्भिक क्षति आर्थिक वर्ष २०७३र०७४ देखि हालसम्मका विभिन्न महत्वपूर्ण श्रेस्ता तथा कागजातहरू पूर्ण रूपमा नष्ट, ४ वटा काठका र्याक, १ थान खाट, १ थान टेबल, १ थान सोलार ब्याट्री, कार्यालयको सम्पूर्ण विद्युत वायरिङ तथा लाइट बल्बहरू जलेर नष्ट भएका हुन ।

विस्फोटको आशंका जिन्सी शाखामा राखिएको सोलार ब्याट्री पड्किएपछि आगोले उग्र रूप लिएको हुनसक्ने प्रारम्भिक अनुमान गरिए पनि आगलागीको मूल कारण अझै पुष्टि हुन सकेको छैन।

ूहुम्ला जिल्ला प्रहरी कार्यालय प्रमुख डीएसपी शंकर खड्काले आगलागी नियन्त्रणमा आउनासाथ प्रहरीले अनुसन्धान तीव्र पारेको छ। घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटाइएको हो।

ताँजाकोट गाउँपालिका अध्यक्ष,लालकेश जैसीले घटनाको सूक्ष्म अनुसन्धान गरी यदि कसैको संलग्नता वा बदमासी देखिएमा कडा कानुनी कारबाहीको दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको छ। गाउँपालिकाले पनि आफ्नै तर्फबाट छुट्टै अनुसन्धान समिति गठन गरेको छ।ू

ूप्रशासन तथा जिन्सी शाखा प्रमुख विस्नुलाल सार्कीले लेखा, न्यायिक समिति र जिन्सी शाखामा रहेका अधिकांश श्रेस्ता तथा कागजातहरू पूर्ण रूपमा जलेर खरानी भएका छन्।

छानबिन समितिका संयोजक एवं प्रहरी प्रवक्ता युवराज ढकालका अनुसार अनुसन्धान टोलीले स्थलगत अध्ययन सुरु गरिसकेको छ र केही दिनभित्रै प्रारम्भिक प्रतिवेदन तयार पारेर सार्वजनिक गरिनेछ। प्रहरी प्रतिवेदन आएपछि मात्रै आगलागीको वास्तविक कारण र कसैको संलग्नता भएरनभएको स्पष्ट हुनेछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय