Monday, August 24, 2026 | 2:49:16 PM

फोटो:मान बहादुर कुवर

जुम्ला, जुम्लामा भालुकाे आक्रमणबाट २ जना घाइते भएका छन्। जुम्लाकाे गुठिचाैर गाउँपालिका वडा नम्बर ३ गर्ज्याङकाेट कि बुमचि कामी र सृजना कामिलाई भालुले आक्रमण गरेकाे हाे।

आज बिहान घर नजिकैकाे नानिपातल मेलामा घाँस काट्न गएको बेला भालुले आक्रमण गरि घाइते बनाएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरि नायव उपरीक्षक रबिनबाबु रेग्मीले जानकारी दिनुभयो । घाइते ३८ वर्षिया बुमचि कामी र १७ वर्षिया सृजना कामिकाे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको छ।

भालुलाई जङ्गल तर्फ धपाउन प्रहरी टाेली खटिएको समेेत उहाँले जानकारी भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय