Tuesday, August 25, 2026 | 10:12:52 AM

जुम्ला । कर्णाली प्रदेशले दिएको प्रहिलो पत्रकारिता पुरस्करबाट पत्रकार नाैरते नेपाली पुरस्कृत भएका छन् । कर्णाली प्रदेश सरकारले यसै वर्षबाट प्रदान गर्न सुरु गरेकाे “कर्णाली समावेशी पत्रकारिता पुरस्कार” बाट पुरस्कृत हुनु भएको हो ।

कर्णाली प्रदेशले यस वर्षबाटै प्रदान गरेकाे ३५ हजार राशीकाे कर्णाली समावेशी पत्रकारिता पुरस्कार जुम्ला जिल्ला पत्रकार महासंघका उपाध्यक्ष तथा गोर्खापत्र दैनिक संवाददाता र रेडियो कर्णाली जुम्लाका कार्यक्रम संयोजक नाैरते नेपालीले प्राप्त गर्नुभएको हो ।

 

बुधबार आयाेजित प्रदेश स्थापना तथा सहिद दिवसकाे अबसरमा पत्रकार नेपालीलाई पुरस्कार प्रदान गरिएकाे छ । कार्यक्रममा कर्णाली प्रदेशका प्रमुख यज्ञराज जाेशी र मुख्यमन्त्री यामलाल कँडेले संयुक्त रुपमा पुरस्कार प्रदान गरेका हुन् ।

गुठिचाैर गाउँपालिका वडा नं ५ देपालगाउँ स्थायी ठेगाना भएका पत्रकार नेपालीले पत्रकारिता मार्फत सामाजिक रुपान्तरण, जनतालाई सुसुचित गर्ने, तथा सुशासन तथा विकासका सवालमा निरन्तर खबरदारी गर्दै आएका छन् ।

प्रदेश स्थापना तथा सहिद दिवसका अबसरमा पत्रकारिता मार्फत कर्णालीकाे विकास,समृद्वी र नागरिकलाई सुसुचित गराउन महत्ववूर्ण भुमिका निर्वाह गरेकाेमा पत्रकार नेपाली पुरस्कृत भएका हुन ।

जीवनकाे करिब डेढ दशक बढी समय निरन्तर पत्रकारितामै खर्चिएका पत्रकार नाैरते नेपाली भन्छन,’पुरस्कृत हुँदा खुसी छु । प्रदेश पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुनु याे समग्र क्रियाशील पत्रकारहरुकाे सम्मान हाे । याे पुरस्कारले मलाई पेशा प्रति थप जिम्मेवारी थपेकाे छ । अझै जिम्मेवारी पूर्ण पत्रकारिता गर्ने प्रेरणा मिलेकाे छ ।’

 जिल्लाका सम्पुर्ण क्रियाशील पत्रकारहरुकाे पेशागत सुरक्षा र वकालत गर्ने काम गर्दै आएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय