जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला ईजलासले ९३ प्रतिशत मुद्वा फछ्र्यौट गरेको छ् । आर्थिक वर्ष २०८१÷८२ कूल दर्ता भएका मुद्वामध्य असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएका छन् । उच्च अदालत सुर्खेत जुम्ला ईजलासले पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति प्रतिवेदनमा आव २०८१÷८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्वा गरि कुल २सय १७ वटा मुद्दा दर्ता भएको जनाएको छ ।




उच्च अदालत सुर्खेत जुम्ला ईजलासका बरिष्ठतम न्यायधीस श्यामजी प्रधानले एक बर्ष नाघेका कुनैपनि मुद्दा वाँकी नराखेको बताउनुभयो । उहाँले काम सवैभन्दा महत्वपूर्ण भएकाले यसमा संचार माध्यामको सहयोग आवश्यक रहेकोमा जोड दिनुभयो । जुम्लाका स्थानीय सक्रियता बढेमा समृद्धि चाडै हासिल हुनेमा जोड दिनुभयो । न्यायलयलाई नागरिकको सहज पहुँच ल्याउन भर्चुअल बकपत्र देखि छिटो न्याय दिन अदालतका सबै संयन्त्र परिचालन गरिरहेको समेत प्रधानले वताउनुभयो ।
जसमा आर्थिक वर्षको असार मसान्तसम्म कुल दर्ता भएका मुद्वा मध्य २सय २ वटा अर्थात ९३.०८ प्रतिशत मुद्दा फछ्र्यौट भएको उच्च अदालतले जनाएको छ । प्रतिवदेनमा हाल १५ वटा मुद्दा बाँकी रहेका र वार्षिक फछ्र्यौट लक्ष्य १सय ७८ रहेकोमा लक्ष्य भन्दा बढि मुद्वा किनारा लागेको उच्च अदालत सुर्खेत जुम्ला ईजलासका सूचना अधिकारी टंक प्रसाद खत्रीले जानकारि दिनुभयो । आर्थिक वर्ष २०७९÷८० देखि २०८१÷८२ सम्म तीन वर्षको तुलना गर्दा आव २०८१÷८२ मा सबैभन्दा बढी मुद्दा फछ्र्यौट भएको सूचना अधिकारी खत्रीको दावि छ ।

प्रतिवेदनमा उच्च अदालत सुर्खेत जुम्ला ईजलासको न्याय सम्पादन प्रभावकारी भएको देखाएको छ। अदालतको तीन वर्षे तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष २०७९÷८० मा कुल २सय ५५ मुद्वा दर्ता भएकोमा फछ्र्यौट २सय ५ भएका भएको वताउदै, बाँकि ५० मुद्दा हरेको वताउनु भएको सूचना अधिकारी टंक प्रसाद खत्रीलले प्रस्तुत प्रतिवेदनमा उल्लेख छ् । त्यसैगरि, आर्थिक वर्ष २०८०÷८१ कूल २सय ७९ वटा मुद्वा दर्ता भएकोमा फछ्र्यौट २सय ५३ वटा मुद्दा फछ्र्यौट भएको र २६ वटा मुद्वा फछ्र्याैट हुन बाँकि रहेको उहाँको भनाई छ । उहाँले भनुभयो, आर्थिक वर्ष २०८१÷८२ मा २सय १७ वटा मुद्दा दर्ता २सय २ फछ्र्यौट भएका छन् ।

गत आर्थिक वर्षमा थुनुवा मुद्वा संख्या ४३ रहेकोमा फछ्र्यौट ४० मुद्वा भएका छन् । थुनुवा मध्य पुरुष ३७ बालबालिका २ रहेका छन् । अदालतमा दर्ता भएका मुद्वाको विवरण हेर्दा रिट निवेदन ३४, जवर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह ५, सम्बन्ध विच्छेद २, सवारी ज्यान ४ ÷सवारी अं्ङ्गभङ्ग २, मानव बेचविखन तथा ओसारपसार ५ मुद्वा दर्ता भएको उल्लेख छ । त्यसैगरि जातिय विभेद–२ लागू औषध–१४, अवहेलना २, हातहतियार तथा खरखजना४, चोरी९, नकबजनी–१०, अंश–४र अन्य–३४ वटा मुद्वा दर्ता भएको अदालतले जनाएको छ ।
उच्च अदालत सुर्खेत जुम्ला ईजलास अन्तर्गत कर्णाली प्रदेशका ५ जिल्लाको जिल्ला अदालतको मुद्वाको अबस्था यस्तो छ । जुम्ला अदालतमा ३सय १४ मुद्वा दर्ता हुँदा २सय १४ फछ्र्यौट भएका छन् । १ सय मुद्वा बाँकि रहेका छन् । मुगुमा १सय ३५ मुद्वा दर्ता भएकोमा फछ्र्यौट १सय ३ र बाँकि ३२ वटा मुद्वा रहेका छन् । हुम्लामा कूल दर्ता ६९ मुद्वा मध्य ६० मुद्वा फछ्र्यौट र ९ वटा बाँकि रहेका छन् । कालिकोट जिल्ला अदालतमा कूल २सय ३६ मुद्वा दर्ता भएकोमा १सय ७६ मुद्वा फछ्र्यौट भएको र ६१ बाँकि रहेको उल्लेख छ । भने, डोल्पा जिल्ला अदालतमा ७६ मुद्वा दर्ता भएकोमा ५४ मुद्वा फछ्र्यौट र २२ वटा बाँकि रहेका छन् ।



