Monday, August 24, 2026 | 2:50:49 PM

जुम्लाको गुठिचौर गाउँपालिका–४ लाई बालमैत्री स्थानिय शासन वडा घोषणाका लागि संयुक्त अनुगमन गरिएको छ । गुठिचौर गाँउपालिका उपाध्यक्ष शान्ति कुमारि मल्ल(भण्डारि), वडा अध्यक्ष टिकादत्त न्यौपाने, वल्र्डभिजन इन्टरनेशनल नेपालका बाल संरक्षण अधिकृत श्रीराम थापा,पालिका स्वास्थ्य शाखा प्रमुख कालिका न्यौपाने, गुठिचौर गाउँपालिका–२ का वडा अध्यक्ष दिप वहादुर ऐडि, गुठिचौर गाँउपालिका महिला बालवालिका शाखा प्रमुख सुस्मिता थापा र पत्रकारसहितको टोलीले अनुगमन गरेको हो ।

वडालाई बालमैत्री स्थानिय शासन घोषणाका लागि आवश्यक सूचकहरुको अनुगमन गर्ने क्रममा विद्यालयको आवश्यक पूर्वधार र प्रारम्भिक बालविकास केन्द्रको अनुगमन गरिएको थियो । बाल बचाऊ तर्फ १४, बालसंरक्षण तर्फ १०, बालविकास तर्फ ६, बालसहभागिता तर्फ ६ र संस्थागत विकासका तर्फ १५ गरी जम्मा ५१ सूचक पूरा गर्नु पर्ने सुचकहरुमा ७३ प्रतिशत सुचक पूरा भएको टोलीले ठहर गरेको छ ।

जसका लागि नयाँ लगतै गुठिचौर गाउँपालिकाको पहिलो बालमैत्री वडा घोषणा गर्न सकिने अनुगमनको क्रममा उपाध्यक्ष भण्डारिले सुझाव दिनुभयो । पहिलो पटक छाउपडिको अनुगमन गर्दा धेरै भएपनि यो पटक शन्तोष्टि जनक रहेको उहाँको भनाई छ । बालबालिकाहरुको लागि योजना सहितको कार्यक्रमहरु समाबेश गर्दै बजेटको व्यवस्था गर्नको लागि जस्तोसुकै समय र परिस्थितिमा पनि कार्यपालिका बैठक बस्न सक्ने र जस्तोसुकै प्रकृया तथा बजेटको व्यवस्था गर्न सकिने पालिका उपाध्यक्ष भण्डारिले वताउनुभयो ।

अनुगमनको क्रममा बालबालिकाहरुको चौथर्फि बिकास गर्नको निम्ति बालमैत्री घोषणा गर्न र समुदयलगायत सम्बन्धित निकायहरुमा व्यवहारिकतामा समेत परिबर्तनको लागि आवश्यक प्रबिधिक सहयोग र केही बजेट व्यवस्थापन गर्न सकिने वल्र्डभिजन इन्टरनेशनल नेपाल जुम्लाका बाल संरक्षण अधिकृत श्रीराम थापाले बताउनु भएको छ । घरमा रहेका बालवालिकाकालाई विद्यालयमा आउन बाध्य वनाउने खालको वातावरण वनाउन उहाँको सुझाव छ । उहाँले एसिडि देखि ३ कलाससम्मा हाल्नैपर्ने वताउनुभयो ।

नेपाल सरकारको नीति तथा उद्देश्य अनुसार नेपाललाइ बालमैत्री घोषणा गर्ने लक्ष्य भएपनि सहयोगी संघ संस्था नभए स्थानीय तहलाइ मात्र घोषणा गर्न कठिनाइ हुने पालिका ४ का वडा अध्यक्ष टिकादत्त न्यौपानेले वताउनुभयो । गुठिचौर गाँउपालिकाले वडा नम्वर ४ लाई बालमैत्रि स्थानिय शासन घोषणा गर्ने निर्णय अनुसार वडाको विगारे, खल्लबाडा, बाउलि गाँउ, उखाडि लगाएतका गाँउमा अनुगमन गरिएको वडा अध्यक्ष टिकादत्त न्यौपानेले जानकारि दिनुभयो । गुठिचौर गाँउपालिका ४ का अध्यक्ष न्यौपानेले अनुगमन टोलीले दिएका सुझावहरुलाई आत्मसाथ गर्दै वडालाई बालमैत्री स्थानिय शासन सहितको वडा घोषणा गर्ने बताउनुभयो ।

पूर्व तयारी र तयारी चरण पूरा भएपछि र घोषणा चरणको समय अगाडि सम्पूणर् क्रियाकलाप सम्पन्न गरी कागजी प्रकृया पूरा गर्दै सम्बन्धित निकायहरुमा खबर गरी बालमैत्री वडा घोषणा गर्ने वडा उहाँले वताउनुभयो । घोषणापछि बालबालिकाहरुको दिगोपना तथा नीतिगत तथा कार्यन्वयनका चरणहरु पूरा गर्दै जाने वडा अध्यक्ष न्यौपानेको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय