जुम्लाको गुठिचौर गाउँपालिका वडा नम्बर २ मा स्कारपियो बोलेरो दुर्घटना भएको छ । स्कारपियो दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् भने सात जना सामान्य घाइते भएका छन् ।
डोल्पा जिल्लाबाट जुम्ला बजारतर्फ जाँदै गरेको बा २१ च ७२४५ नम्बरको स्कारपियो बोलेरो गुठिचौर-२ को कोदारिमा दुर्घटना हुँदा एकजना गम्भीर घाइते भएको प्रहरी चौकी मणिसाँगुका बरिस्ठ हवल्दार मन्जित ओलिले जानकारी दिनु भएको छ ।



गाडी चालक तातोपानी गाउँपालिका ६ का २६ बर्षिय राम प्रशाद खत्री अहिले प्रहरिले नियन्त्रणमा लीएको छ ।
गुठिचौर गाउँपालिका-१ कि २६ वर्षीया माया बस्नेत गम्भीर घाइते भएको घटनास्थलमा रहेका प्रहरी चौकी मणिसाँगुका इन्चार्ज ओलिले जानकारी दिनुभयो । त्यस्तै सामान्य घाइते हुनेमा तातोपानी गाउँपालिकाका ७० बर्षिय देब कुमारी कठायत र पातरासी गाउँपालिकाकी ३५ बर्षिय सपना बुढा र अन्य सबै गडिगाँउकै रहेको प्रहरीले जानकारी दिएको छ ।
उहाँका अनुसार दुर्घटनामा परी घाइते भएका आठ जनालाई उपचारका लागि कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगि उपचार भइरहेको छ ।
घुम्तीमा मोड गर्दा सानो काटदा गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको इन्चार्ज ओलिले जानकारी दिनुभयो ।

oppo_2



