Tuesday, August 25, 2026 | 4:17:55 PM

बालविवाह न्यूनिकरणका कानुनी प्रावधान सम्वन्धी दुई दिने पुर्नताजगी तालिम सकिएको छ । मंसिर १३ र १४ गते दुई दिन तालिम शुक्रवार सकिएको हो । बालविवाह विरुद्ध साँझा अभियान संजाल जुम्ला र पेस नेपाल जुम्लाको समन्वयमा बालविवाह न्यूनिकरणका कानुनी प्रावधान सम्वन्धी पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

बालविवाह न्यूनिकरण गर्नका लागि संजालका सदस्य सरकारी निकाय, संघ संस्था, अधिकारक्रमी पत्रकारका प्रमुख तथा प्रतिनिधिलाई बालविवाह सम्वन्धी कानुनी प्रावधानका लागि प्रशिक्षण गर्न खोजिएको संजालका संयोजक तथा पत्रकार मानदत्त रावलले बताउनुभयो । उहाँले बालविवाह सम्बन्धिको कानुनि निखारता ल्याउनका लागी तालिम महत्वपुर्ण भएको वताउनुभयो। उहाँले भनुभयो, यस्ता जनचेतनामुलक कार्यक्रम पहिला पनि सञ्चालन गरिए पनि अहिले पुर्नताजगीका लागी सञ्चालन गरिएको हो । तालिम सहभागिले सिकेका कुरा समाजमा फैलाउन उहाँको अनुरोध छ । सानै उमेरमा गरिने विवाहकै कारण समाजमा विभिन्न समस्या आउने गर्दछ्न, समाजमा समस्या आउनु भनेकै समग्र देशकै उन्नती प्रगतिमा असर पुग्ने हो त्यसैले तालिम सहयोग पुग्ने संजालका संयोजक तथा पत्रकार रावलको निष्र्कष छ ।

जिल्ला समन्वय समिति जुम्लाका निमित समन्वय अधिकारी सगिंता धितालले बालविवाह मात्रै नभई सवै कुराको परिवर्तनको सुरुवात आफैबाट गर्नुपर्ने वताउनु भएको छ । समाज रहेका बालविवाह सम्बन्धिका कुरालाई गाँउघरमा सहजिकरण गर्न धितालको भनाई छ । सिकेका कुरालाई समाज फलाउ र सुसुचि समाज निमार्ण गरौ उहाँले भनुभयो । संघ संस्थाले आफ्नो ठाँउबाट गरेको सहयोग राम्रो भएको भन्दै प्रशंसा गर्नुभयो ।

तालिमका प्रशिक्षक अधिवक्ता पदम वहादुर शाहीले दुईदिने तालिमको अवसरमा धेरै सिकार्य र अनुभव एकआपसमा साटासाट गर्न अवसर भएको वताउनुभयो । बालविवाह सम्बन्धि विभिन्न कानुन वारे जानकारि गराएको वताउदै, तालिम सिकेका कुरा छिमेकमा पनि फलाउन उहाँको आग्रह छ । बालविवाह, जबर्जस्ती करणी लगाएतका जस्ता सकरात्मक कुरा लिएर जान उहाँको अनुरोध छ । बालविवाह नहुनका लागी दुवैको न्यूनतम उमेर २० वर्ष तोकिएको छ, उहाँले भनुभयो, बाध्यतावश अभिभावकले नै उमेर बढाएर बिहे दर्ता गर्ने गरेका छन् । प्रशिक्षक अधिवक्ता शाहीले वर्तमान कानुन अनुसार बाल विवाह गराइएमा तीन वर्ष कैद र जरिवानाको नियम बनाइएको छ । महिलाभन्दा पुरुषको उमेर सामान्यतया बढी हुनुपर्ने सामाजिक एवं सांस्कृतिक मान्यता, लैंगिक विभेद, गरीबी, अशिक्षा, असुरक्षा जस्ता कारणहरु प्रमुख रूपमा भएको वताउनुभयो ।

बाल विवाहको कारण बैवाहिक जीवन दिगो नहुने, परिपक्व नभई सन्तान जन्माउदा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याहरु देखिने महिला अधिकारक्रमी तथा तालिमा सहभागि भगवति श्रेष्ठले वताउनुभयो । तालिम चलाएर मात्रै हुदैन, तालिम सिकेको ज्ञान प्रयोग कति आयो भन्ने कुरा प्रमुख भएको उहाँले वताउनुभयो । समाजमा हुन लागेका बालविवाहलाई निरूत्साहित गर्नका लागि राज्यको निकायले मात्रै भन्दा पनि सम्बन्धित समाजले पनि भूमिका खेल्नुपर्ने उहाँको भनाई छ ।

तालिमबाट बालविवाह कानुनि प्रावधान नवुझेका कुरा सिक्ने अवसर मिलेको जिल्ला प्रहरि कार्यालयका जवान ईन्द्र लम्सालले वताउनु भएको छ । यो कार्यक्रममा वोलाएर कानुन सम्बन्धि जानकारि पाउदा खुसि लागेको उहाँको भनाई छ । तालिमबाट सिकेका कुरालाई फिल्डमा प्रयोग गर्ने लम्सालले वताउनु भएको थियो । नेपालको कानुनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहेपनि जुम्लामा अझै बालविवाह भइरहेको छ । तालिम २० जनाको सहभागिता रहेको थियो । समस्या आइसकेपछि भन्दा पनि आउनै नदिनका लागि सचेतना पुग्न आवश्यक छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय