गुठिचौर गाउँपालिका वडा नम्वर ३ का महिलालाई धोति वितरण गरेको छ । गुठिचौर गाँउपालिका कार्यपालिका सदस्यसँग महिला कार्यक्रम अन्र्तगत ४ सय १ जना महिलालाई धोति प्रदान गरिएको वडा सचिव पबिता रोकायाले जानकारि दिनुभयो । जुम्लाको गुठिचौर गाउँपालिका ३ नम्बर वडाले महिलालाई धोती सहयोग गरेको छ । गुठिचौर गाँउ कार्यपालिका सदस्य बसन्ति बुढाले आफ्नो जन्मदिनको अवसर पारी वडाका ४सय १ जनालाई धोती दिनु भएको हो ।
कार्यपालिका सदस्य बसन्ती बुढाले वडाका महिला दिदिबहिनी हरुलाई उपहारस्वरूप धोती सहयोग गरिएको जानकारी दिनुभयो । महिलातर्फ लक्षित बजेटबाट उक्त सामग्री सहयोग गरिएको सदस्य बुढाले बताउनुभयो । उहाँले भनुभयो, महिलाको लागी सानो भएपनि कार्यक्रम, भेला, बैठक तथा अन्य सन्दर्भमा प्रयोग हुने गरी गुठिचौर गाउँपालिका–३ का प्रत्येक घरधुरीका १ जना महिलालाई सहयोग गरिएको जनाइएको छ । वडा विकासमा सधै हातेमालो गरेर अगाडि वढ्न जरुरि रहेको वताउनुभयो ।



वडा भित्रका महिला दिदिवहिनिको क्षमता विकासमा टेवा पुयाउन वडा लागी परेको वडा अध्यक्ष ईन्द्र वुढालेउल्लेख गर्नुभयो । महिलाका लागी सानो सहयोग भएपनि उत्साहित भएको उहाँको भनाई छ । एकरुपता कायम गर्ने उद्देश्यले सहयोग गरिएको वडा कार्यालयले जनाएको छ ।




