राम प्रकाश बिक, जुम्ला, २३ असार । जुम्लाको गुठिचौर गाउँपालिकाले सुनौला हजार दिनका आमा तथा बालबालिकाको पोषण अवस्था सुधार गर्न एक उदाहरणीय कदम चालेको छ। गाउँपालिकाको वडा नम्बर ३ मा पोषण सुरक्षा सुनिश्चित गर्ने र रैथाने स्तरमै आत्मनिर्भरता बढाउने उद्देश्यले ९० भन्दा बढी आमा तथा परिवारलाई ग्रिनहाउसका पाल वितरण गरिएको छ। गाउँपालिकाकी कार्यपालिका सदस्य बसन्ती बुढाको नेतृत्वमा एक विशेष कार्यक्रमको आयोजना गरी उक्त सामग्रीहरू वितरण गरिएको हो।
कार्यक्रममा बोल्दै गुठिचौर गाउँपालिकाकी उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले सुनौला हजार दिनको अवधिलाई बालबालिकाको समग्र जीवनको आधारशिलाका रूपमा चित्रण गरिन्। गर्भधारणदेखि बच्चा दुई वर्षको हुनेसम्मको ुसुनौला हजार दिनु को अवधि बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासका लागि सबैभन्दा महत्वपूर्ण समय हो। यो समयमा गरिने सानो लापरवाहीले पनि जीवनभर असर पार्न सक्छ,ू उपाध्यक्ष भण्डारीले भनिन्।

गुठीचौर गाउँपालिका ५ को सुचना



उनले पोषण सुधारका लागि बजारका तयारी वा आयातित पोषिलो खानेकुरामा मात्र भर पर्नु पर्याप्त नहुने तर्क गरिन्। घरमै ताजा, सुरक्षित र विषादीरहित तरकारी उत्पादन गर्न सकिने वातावरण सिर्जना गर्नु अहिलेको मुख्य आवश्यकता रहेको उनको भनाइ थियो।

ग्रिनहाउसले बदल्नेछ भान्छाको चित्र
भौगोलिक रूपमा विकट र चिसो मौसमका कारण जुम्लामा बाह्रै महिना ताजा तरकारी पाउन मुस्किल हुने गर्दछ। तर, ग्रिनहाउस प्रविधिको आगमनसँगै यो समस्या हट्ने विश्वास गरिएको छ। उपाध्यक्ष भण्डारीका अनुसार ग्रिनहाउसको प्रयोगबाट अब हिउँद(बर्खा दुवै मौसममा मौसमी तथा बेमौसमी तरकारी उत्पादन गर्न सकिनेछ। यसले गर्दा सुनौला हजार दिनका आमा, गर्भवती महिला, सुत्केरी र साना बालबालिकाले वर्षभरि नै ताजा र पोषिलो आहार पाउन सक्नेछन्, जसले उनीहरूको पोषण स्थितिमा प्रत्यक्ष र सकारात्मक टेवा पुर्याउनेछ।
गाउँपालिकाले केवल राहत वा सामग्री वितरण गर्ने परम्परागत शैलीभन्दा माथि उठेर दिगो सुधारको बाटो रोजेको छ। कार्यपालिका सदस्य बसन्ती बुढाले पालिकाले पोषण सुधारलाई आफ्नो मुख्य प्राथमिकतामा राखेको स्पष्ट पारिन्।
ूहाम्रो उद्देश्य सामग्री वितरण गरेर तथ्याङ्क देखाउने मात्रै होइन। प्रत्येक घरमा पोषिलो तरकारी उत्पादन होस्, आमा र बालबालिकाले स्वस्थकर आहार नियमित रूपमा पाउन् र परिवार आत्मनिर्भर बनोस् भन्ने हाम्रो मुख्य चाहना हो,ू कार्यपालिका सदस्य बुढाले प्रतिबद्धता व्यक्त गरिन्।
पाल वितरणसँगै आमाहरूलाई यसको प्रभावकारी प्रयोग कसरी गर्ने, आधुनिक तरकारी खेतीको व्यवस्थापन कसरी गर्ने र पोषण सम्बन्धी व्यवहारमा कसरी सुधार ल्याउने भन्ने विषयमा आवश्यक अभिमुखीकरण तथा सहजीकरण समेत गरिने उनले जानकारी दिइन्।
गाउँपालिकाको यो प्रयासबाट स्थानीय आमाहरू निकै उत्साहित भएका छन्। मौसमको प्रतिकूलता ९अत्यधिक चिसो वा हिमपात० मा पनि अब सहजै तरकारी फलाउन सकिने भन्दै उनीहरूले खुसी व्यक्त गरेका छन्।
स्थानीय आमाहरूको भनाइ छ कि, यो सहयोगले बजारबाट महँगो र विषादीयुक्त तरकारी किन्नुपर्ने बाध्यताको अन्त्य गर्नेछ। यसबाट परिवारको दैनिक खाद्य आवश्यकता पूरा हुनुका साथै आमा र बच्चा दुवैको स्वास्थ्य र पोषणमा उल्लेखनीय सुधार आउने उनीहरूको अपेक्षा छ। यो कदमले गुठिचौर गाउँपालिकालाई कुपोषणमुक्त बनाउने अभियानमा एउटा बलियो इँटा थपेको स्थानीय बुद्धिजीवीहरूको बुझाइ छ।





