रामप्रकाश बिक, जुम्ला, २३ असार । दलित महिलाहरूको हकअधिकार, क्षमता विकास र समाजमा उनीहरूको नेतृत्वदायी भूमिका सबल बनाउने उद्देश्यका साथ जुम्लामा एक दिने विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

​समुदाय-प्रहरी साझेदारी अवधारणा अन्तर्गत दलित सेवा संघ शाखा कार्यालय, जुम्लाको आयोजना तथा चन्दननाथ नगरपालिका वडा नं. ५ को आर्थिक सहयोगमा उक्त ‘दलित महिला लैङ्गिक सशक्तिकरण अभिमुखीकरण कार्यक्रम’ उद्योग वाणिज्य संघको सभाहलमा भव्यताका साथ आयोजना गरिएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

​कार्यक्रमका मुख्य सहजकर्ता तथा जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) चिरञ्जीवी दाहालले दलित महिलाहरूले भोग्नुपरिरहेका सामाजिक, कानुनी र लैङ्गिक चुनौतीहरूका विषयमा विस्तृत प्रस्तुतीकरण राख्नुभएको थियो।

​कार्यक्रममा बोल्दै प्र.ना.उ. दाहालले भन्नुभयो, ​”समाजमा जबसम्म दलित र त्यसमा पनि महिलाहरूको आर्थिक, सामाजिक र कानुनी सबलीकरण हुँदैन, तबसम्म सभ्य र समतामूलक समाजको परिकल्पना अधुरो रहन्छ। कानुनी रूपमा जातीय र लैङ्गिक विभेद अपराध भए पनि व्यावहारिक रूपमा यसको अन्त्यका लागि स्वयम् महिलाहरू सचेत र सशक्त हुन जरुरी छ। प्रहरी प्रशासन सधैं पीडितको न्याय र सुरक्षाका लागि प्रतिबद्ध छ, तर समाजबाटै यसको जरैदेखि उन्मूलन गर्न नागरिक र प्रहरीको साझेदारी अपरिहार्य छ।”

 

​कार्यक्रममा दलित महिलाहरूको सशक्तिकरणका लागि स्थानीय तह र सरोकारवाला निकायहरूको भूमिकाबारे गहन छलफल भएको थियो। उक्त अभिमुखीकरणमा

​सरकारी तथा गैर-सरकारी कार्यालयका प्रमुख एवं प्रतिनिधिहरू, ​विभिन्न सामाजिक संघ-संस्थाका अगुवाहरू।

​स्थानीय दलित महिला दिदीबहिनीहरू, सञ्चारकर्मी (पत्रकार) तथा सर्वसाधारण नागरिकहरू पक्षहरूको उत्साहजनक सहभागिता रहेको थियो।

​कार्यक्रमका सहभागीहरूले यस्ता अभिमुखीकरणले ग्रामीण तहसम्मका महिलाहरूमा कानुनी चेतना जगाउन र आत्मविश्वास बढाउन ठूलो मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्। स्थानीय सरकार र प्रहरीको यो संयुक्त प्रयासलाई जुम्बाका नागरिकहरूले सकारात्मक कदमको रूपमा लिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय