राम प्रकाश बिक, ​काठमाडौँ/जुम्ला । कर्णालीमा गाडीसहित नागरिक बेपत्ता भएको झण्डै २० घण्टा बितिसक्दा पनि सरकारले उद्धारका लागि हेलिकप्टर पठाउन नसकेको भन्दै प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले तीव्र आक्रोश व्यक्त गर्नुभएको छ। जुम्लाबाट निर्वाचित सांसद शाहीले सामाजिक सञ्जालमार्फत एक प्रेश नोट जारी गर्दै विपत् व्यवस्थापनका नाममा सरकारले संसदमा गर्ने गरेका ठूला-ठूला प्रतिबद्धता केवल भाषण र घोषणामै सीमित भएको आरोप लगाउनुभएको हो।

​कर्णालीमा भएको दुःखद दुर्घटना र त्यसपछिको फितलो उद्धार कार्यप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “संसदमा हेलिकप्टर राख्छु भनेर ठूला-ठूला गफ गर्ने सरकार, कर्णालीमा नागरिक बेपत्ता हुँदा २० घण्टासम्म एउटा हेलिकप्टर पठाउन सक्दैन। योभन्दा लाचारीपन अरू के हुन सक्छ?”

गुठीचौर गाउँपालिका ५ को सुचना

​’नागरिकको ज्यानभन्दा ठूलो प्राथमिकता केही हुन सक्दैन’

​सांसद शाहीले संकटको घडीमा राज्यको उपस्थिति शून्य जस्तै देखिएको भन्दै आक्रोश पोख्नुभएको छ। घटनास्थलमा पीडित परिवार आफ्ना आफन्तको सकुशल उद्धारको पर्खाइमा रातभर जागा रहेको र उनीहरूको आँखाको आँसु सुकिसक्दा पनि राज्य संयन्त्र गम्भीर नभएको उहाँको आरोप छ।

सांसद ज्ञानेन्द्रबहादुर शाहीले ​”प्रत्येक क्षण अमूल्य छ, किनकि ढिलो भएको प्रत्येक मिनेटले कसैको जीवनसँग प्रतिस्पर्धा गरिरहेको हुन्छ। यस्तो संवेदनशील घडीमा राज्यले आफ्नो सम्पूर्ण संयन्त्र तत्काल परिचालन गरी उद्धार कार्यलाई तीव्र बनाउनुपर्छ।”

 

​ ‘राजनीति होइन, मानवताको पक्षमा उभिनुस्’

​विपत् व्यवस्थापनका नाममा गरिएका घोषणाहरूले सार्थकता नपाएकाे भन्दै उहाँले सरकारलाई राजनीति छोडेर मानवताको पक्षमा उभिन हार्दिक आग्रह गर्नुभएको छ। शाहीले उद्धार कार्यमा थप ढिलाइ नगर्न र आवश्यक पर्ने सम्पूर्ण स्रोत–साधन तत्काल परिचालन गरेर नागरिकको जीउधनको रक्षा गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ।

​कर्णालीका विकट क्षेत्रमा हुने यस्ता दुर्घटना र विपत्तिका बेला केन्द्र सरकारको उदासिनता सधैँ प्रश्नको घेरामा पर्ने गरेको छ, जसमाथि सांसद शाहीले पुनः एकपटक संसद र सडक दुवै तर्फबाट सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय