असार १२, जुम्ला । नेपाली कम्युनिष्ट पार्टी जुम्लाको जिल्लास्तरीय एकता बैठक भव्यताका साथ सम्पन्न भएको छ । साविकको नेकपा ९माओवादी केन्द्र० र नेकपा ९एकीकृत समाजवादी० बीच केन्द्रमा भएको एकतालाई जिल्ला तहमा पूर्णता दिन यो बैठकको आयोजना गरिएको हो ।

केही समयअघि मात्रै जुम्लाको इन्चार्जमा गोमा कुँवर र संयोजकमा राजबहादुर खत्रीलाई जिम्मेवारी तोकिएपछि यो पहिलो जिल्लास्तरीय बैठक बसेको हो । बैठकमा एकता प्रक्रियालाई टुंगो लगाउनुका साथै सहभागी नेता तथा कार्यकर्ताहरूलाई विशेष प्रशिक्षण समेत दिइएको थियो ।

गुठीचौर गाउँपालिका ५ को सुचना

बैठकमा कर्णाली प्रदेशका सह(इन्चार्ज नरेश भण्डारी, तीर्थबहादुर बुढा, संयोजक विमला केसी, जिल्ला इन्चार्ज गोमा कुँवर र केन्द्रीय सदस्य पदमबहादुर रोकाया लगायतका शीर्ष नेताहरूले प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणका क्रममा नेताहरूले गत प्रतिनिधिसभा निर्वाचनमा ब्यहोर्नुपरेको हारको समीक्षा गर्दै आगामी कार्यदिशाबारे चर्चा गर्नुभयो ।

ूकर्णाली प्रदेशका सह(इन्चार्ज नरेश भण्डारीले चौतर्फी घेराबन्दीका कारण हामीले प्रत्यक्षतर्फ निर्वाचन हार्नुपरे पनि समानुपातिकतर्फ जुम्लाले ल्याएको सबैभन्दा बढी मतको पार्टीले सम्मान गर्नुपर्छ । अब निर्वाचनका बेला पार्टीभित्रै बसेर बदनाम गर्ने छुट कसैलाई छैन । हामी आकाशमा चिलले हेरे जस्तै फराकिलो र चनाखो दृष्टिकोण राखेर अगाडि बढ्नुपर्छ ।

कर्णाली प्रदेश संयोजक विमला केसिले ूजुम्लामा हाम्रो पर्याप्त जनाधार हुँदाहुँदै पनि दुईवटा निर्वाचनमा हार ब्यहोर्नु राम्रो संकेत होइन । अब हामी सच्चिएर अघि बढ्नुपर्छ । पार्टी र पार्टीका उम्मेदवार हार्दा भित्रभित्रै रमाउने अन्तर्घातीहरूको अब खैरियत छैन ।

कर्णाली प्रदेश सह इन्चार्ज तीर्थबहादुर बुढाले पार्टीभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाएर आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनमा उत्कृष्ट नतिजा ल्याउनु नै आजको मुख्य आवश्यकता हो ।ू

जिल्ला इन्चार्ज गोमा कुँवरले अहिले पार्टी भिन्न र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ । मैले पाएको जिम्मेवारीलाई इमानदारिताका साथ निभाउँदै पार्टीलाई सही दिशामा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्दछु ।

एकता बैठकले सांगठनिक सुदृढीकरणका लागि महत्वपूर्ण संगठनात्मक निर्णयहरू गरेको छ।

विशाल जिल्ला समितिले बैठकले झण्डै साढे छ सय ६५० भन्दा बढी सदस्य रहेको जम्बो जिल्ला समिति गठन गरेको छ ।
निर्वाचन क्षेत्र प्रदेश क र खु तथा जिल्लाका सबै गाउँपालिका स्तरका इन्चार्ज, सह(इन्चार्ज, संयोजक र सह(संयोजकहरूको जिम्मेवारी तोकिएको छ । संगठनलाई तल्लो तहसम्म ब्युँताउन तत्कालै पालिकास्तरका भेलाहरू आयोजना गर्ने मिति र कार्यतालिका तय गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय