जुम्ला । तातोपानी गाउँपालिका–५ स्थित दुर्गा माध्यमिक विद्यालयले नयाँ नेतृत्व पाएको छ। मंगलबार सम्पन्न अभिभावकहरूको बृहत् भेलाले युवा समाजसेवी डिल्ली कामीलाई विद्यालय व्यवस्थापन समिति (विव्यस) को अध्यक्षमा सर्वसम्मत चयन गरेको हो।

​यसअघि कालिका आधारभूत विद्यालय (हियाखोला) को नेतृत्व सम्हालेर त्यसलाई गाउँपालिकाकै ‘नमुना विद्यालय’ बनाएका कामीलाई अब माध्यमिक तहको शैक्षिक र प्रशासनिक सुधार गर्ने ‘जटिल’ तर महत्वपूर्ण जिम्मेवारी सुम्पिएको छ।

गुठीचौर गाउँपालिका ५ को सुचना

​किन रोजिए डिल्ली कामी?

​सामान्य परिवारमा जन्मिएर सानै उमेरदेखि समाजसेवामा होमिएका कामीको अघिल्लो कार्यकाल उपलब्धिका हिसाबले स्वर्ण मानिन्छ। कालिका आवीमा उनले  विद्यालयमा आधुनिक शिक्षण पद्धतिको सुरुवात, बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राख्दै स्थानीय उत्पादनको प्रयोग, शैक्षिक गुणस्तर सुधारेर निजी विद्यालय मोह तोड्दै विद्यार्थी आकर्षण बढाएको, विद्यालयको पूर्वाधारलाई सुरक्षित र बालमैत्री बनाएको उनले बताएका छन्।

​नयाँ जिम्मेवारी पाएपछि अध्यक्ष कामीले आफ्नो क्षमता र अनुभवलाई पूर्ण रूपमा उपयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले दुर्गा माविको रूपान्तरणका लागि १२ बुँदे गुरुयोजना अघि सारेका छन्।

नवनिर्वाचित अध्यक्ष कामीले ​ सिकाइ उपलब्धि र नतिजामा ठोस सुधार, कुशल, प्रेरित र दक्ष शिक्षकहरूको उचित परिचालन, बालबालिकाको रुचि र क्षमताअनुसारका क्रियाकलाप, सैद्धान्तिक ज्ञानसँगै सीपमूलक शिक्षामा जोड।

 शिक्षकहरूको कार्यक्षमता अभिवृद्धिका लागि तालिम, अधुरा भौतिक संरचनाको निर्माण र आधुनिक कक्षाकोठा, अभिभावक, विद्यार्थी र शिक्षकबीचको आपसी समन्वय,​ संस्कारयुक्त र अनुशासित विद्यार्थी उत्पादन, विद्यालयको बजेट र खर्चमा पूर्ण पारदर्शिता, विद्यालयको आन्तरिक स्रोत व्यवस्थापन, उत्कृष्ट कार्य गर्ने शिक्षक र विद्यार्थीलाई सम्मान,​ स्थानीय सरकार र सरोकारवाला निकायसँग समन्वय लगायतका नमुना सङ्कल्प गरेका छन्।

नवनिर्वाचित अध्यक्ष दिल्लीकामीले ​”हिजो कालिका आवीमा जे अनुभव बटुलें, त्यसलाई अब दुर्गा माविको बृहत्तर हितमा लगाउनेछु। मेरो लक्ष्य भनेकै यस विद्यालयलाई जिल्लाकै उत्कृष्ट शैक्षिक केन्द्र बनाउनु हो।”

​यसअघि आदी प्रसाद न्यौपानेले विद्यालयको नेतृत्व गरिरहेका थिए। उनले आफ्नो कार्यकालमा गरेका सुधारका प्रयासहरूलाई थप उचाइमा पुर्‍याउने चुनौती र अवसर दुवै अब युवा नेतृत्व कामीको काँधमा आएको छ। स्थानीयले यो परिवर्तनसँगै दुर्गा माविको शैक्षिक वातावरणमा नयाँ उत्साह थपिने अपेक्षा गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय