जुम्ला, हिमा । हिमा गाउँपालिकाको ओदीमा भव्य समारोहका बीच १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गर्नुभएको हो।

गुठीचौर गाउँपालिका ५ को सुचना

​प्रतियोगिताको उद्घाटन गर्दै हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर शाहीले खेलकुद केवल प्रतिस्पर्धा मात्र नभई यो एकता र अनुशासनको प्रतीक भएको बताउनुभयो। उहाँका अनुसार,​यसले स्थानीय तहमा खेलकुदप्रति नयाँ आकर्षण पैदा गरेको छ।

​युवा विद्यार्थीहरूमा लुकेका प्रतिभा उजागर गर्न यो एउटा सुनौलो प्लेटफर्म हो। ​प्रतियोगिताले खेलाडीहरूमा स्वस्थ प्रतिस्पर्धा, सहकार्य र नेतृत्व विकास गर्ने विश्वास लिइएको छ।

​यस पटकको प्रतियोगितामा जुम्लाका अधिकांश पालिकाहरूको सक्रिय उपस्थिति रहेको छ।​ गुठीचौर गाउँपालिका बाहेक जिल्लाका अन्य सबै पालिकाहरूका खेलाडी, प्रशिक्षक र प्रतिनिधिहरूको बाक्लो उपस्थिति छ।

​ कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थितिले प्रतियोगिताको गरिमा थप बढाएको छ।

​अध्यक्ष शाहीले कार्यक्रम सफल बनाउन अहोरात्र खटिने आयोजक टोली, सुरक्षाकर्मी, स्वयंसेवक, शिक्षक र सञ्चारकर्मीहरूप्रति विशेष कृतज्ञता व्यक्त गर्नुभयो।

हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले ​”हाम्रो लक्ष्य हिमा गाउँपालिकालाई खेलकुदको एउटा उत्कृष्ट केन्द्र (Hub) का रूपमा विकास गर्नु हो। आगामी दिनमा यस्ता गतिविधिले निरन्तरता पाउनेछन्।”

राम प्रकाश बिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय