Sunday, August 9, 2026 | 10:52:30 PM

जुम्ला । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको मुगु हुँदै आज (बिहीबार) जुम्ला आइपुग्ने हुनुभएको छ। रारा तालको अवलोकन पश्चात् उहाँ दिउँसो जुम्ला ओर्लने कार्यतालिका रहेको छ।

​ प्रधानमन्त्री सुशीला कार्की दिउँसो १२:०० देखि १:०० बजेको बीचमा आउनुहुने भएको छ।  जुम्लाको नम्बर २४ बाहिनी अड्डामा अवतरण गर्नुहुने भएको छ।

​ उहाँको बसाइ बिहीबारको रात जुम्लामै बस्ने कार्यक्रम तय भएको छ।

​प्रमुख जिल्ला अधिकारी दीपक पौडेलका अनुसार प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रूपमा अनौपचारिक रहनेछ। उहाँले भन्नुभयो ​”कुनै औपचारिक कार्यक्रम तय गरिएको छैन। मुगुबाट आएपछि बाहिनीमा आराम गर्ने र सम्भव भएसम्म कर्णाली प्राविधिक शिक्षालयको भ्रमण गर्ने योजना छ। यद्यपि, यो कार्यतालिकामा सामान्य फेरबदल हुन सक्छ।”

 

​प्रधानमन्त्री कार्कीले शुक्रबार बिहान प्रसिद्ध चन्दननाथ मन्दिरको दर्शन गर्ने र त्यसपछि मात्र राजधानी फिर्ता हुने कार्यक्रम रहेको बुझिएको छ। प्रधानमन्त्रीको सुरक्षा र स्वागतका लागि स्थानीय प्रशासन तथा सुरक्षा निकायले आवश्यक तयारी पुरा गरिसकेको २४ बाहिनी अड्डा जुम्लाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय