जुम्ला, आज कोजाग्रत पूर्णिमामा रातभर जाग्राम बसी महालक्ष्मीको पूजा गरी दसैंको बिदाइ गरिदैँछ । यस अवसरमा धनधान्यकी देवी लक्ष्मीको आराधना गरिन्छ, जसलाई कौमुदी पूर्णिमा पनि भनिन्छ ।
विजयादशमीबाट सुरु भएको टीका-जमरा लगाउने क्रम आज समाप्त हुन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, सबै बलि पूर्ति नभएसम्म टीका लगाउन शास्त्रसम्मत छ ।
बिहान दशैंघरका फूलप्रसाद र जमराको अवशेष नदी-तलाउमा विसर्जन गरिन्छ । धार्मिक विश्वासअनुसार, जाग्राम बस्ने घरमा लक्ष्मी प्रवेश गरी समृद्धि दिन्छिन् । भोलिबाट कात्तिक स्नान र आकाशदीप दान सुरु हुने छ, जसलाई दशैं बिदा र तिहार तयारी मानिन्छ । लक्ष्मीपूजा १५ दिनपछि हुने भएकाले यो पर्वको विशेष महत्व छ ।

गुठीचौर गाउँपालिका ५ को सुचना

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय